site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'प्रधानमन्त्रीज्यू, मेलम्ची विवादबारे संसदमा जानकारी गराउनुस्\'
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडुले मेलम्ची खानेपानी आयोजनाका विषयमा देखिएको जटिलताप्रति सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।
 
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बडुले आयोजनाको काममा खानेपानी मन्त्री बिना मगर र मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरबीचको विवादका बारेमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए।

आयोजनामा काम गरिरहेको इटालीको सीएमसी कम्पनीले पुस २ गतेबाट काम ठप्प पारेको थियो। क्षतिपूर्तिवापतको ३६ करोड रुपैयाँ नपाएको र आर्थिक रुपमा टाट पल्टिएपछि सीएमसीका प्रतिनिधि पुस ३ गते इटाली फर्किन लागेक थिए।

“इटाली फर्किन लागेका सीएमसीका प्रतिनिधिलाई प्रहरी लगाएर धरपकड गर्दा र पासपोर्ट जफत गर्ने, ठेकेदार थुन्ने कामले नेपालको छवी अन्तर्राष्ट्रिय क्षेत्रमा धमिलिएको छ,” सांसद बडुले संसदमा भने, “हामीले सुने अनुसार मन्त्री र सचिवबीच कमिसनको विवाद र ठेकेदारलाई बारम्बार दबाब दिएपछि ठेकेदार भागेको हामीले बुझेका छौं। मेलम्ची आयोजनाको वास्तविक कुरा के हो प्रधानमन्त्रीज्यूले संसदमा जानकारी दिनुपर्छ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC