site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : \'क्लु\' कै खोजीमा प्रहरी, शंकाको सुई चिनजानकै व्यक्तितिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान पेचिलो बन्दै गएको छ । घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकालेपछि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो । 

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मला बलात्कारमा एकजनाको मात्रै संलग्नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निकै चासो र विवादित बनेको निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपीको कमाण्डमा टोली कार्यरत छ । अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने लगायतका काम गरिसक्दा पनि हत्यारासम्म पुग्ने ‘क्लु’ भेट्टाउन सकेको छैन । 

पछिल्लो समय प्रहरीले निर्मलाको गाउँ आसपासका वडाहरुको लगत संकलन समेत गरेको छ । त्यसक्रममा प्रहरीले झण्डै २ हजार बढी घरको विवरण संकलन गरेको हो । प्रहरीले संकलन गरेको विवरणमा घरमा को–को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेशा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को–को गए लगायतका विवरण संकलन गरेको छ । 

Global Ime bank

यसले अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको विश्वास छ । प्रहरीले घरका सदस्यको लगत संकलन गरेपनि कयौं रोजगारीका लागि भारत गएकाले उनीहरुमाथि अनुसन्धान गर्न असहज भएको छ । यसबीचमा प्रहरीले भण्डै एक सयको हाराहारीमा ‘डिएनए’ परीक्षणका लागि रगतको नमुना समेत लिइसकेको छ । तर कसैको पनि डिएनए म्याच भएको छैन । 

नेपाल प्रहरीका एक अधिकारीका अनुसार बलात्कारका घटनामा डिएनए परीक्षण गरिएको यो पहिलो घटना हो । निर्मला बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन् । एक अधिकारीले भने, ‘‘चिनजानकै वा मानसिक अवस्था कमजोर भएको व्यक्तिले गरेको हुनसक्ने सम्भावना छ । नेपालमा भएका कयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । हामी सबै पक्षबाट हेरिरहेका छौं ।’’

अनुसन्धानमा संलग्न प्रहरी टोलीले उपलब्ध स्रोत साधनको प्रयोग गरेपनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘यो घटनामा प्रविधिको प्रयोगभन्दा व्यक्तिलाई भेट्ने, खोज्ने लगायतकै काम बढी छ । किनकी निर्मलाले मोबाइल प्रयोग गर्ने नभएकाले प्रविधिबाट सहयोग त्यति छैन ।’’ 

प्रहरी अधिकारीले अनुसन्धानमा स्थानीयको सहयोग कम भएको गुनासो गर्दै आएका छन् । ‘‘हामी अनुसन्धानमा कुनै कसर बाकी राख्दैनौं । तर कतिपय अवस्थामा स्थानीय सहयोग पाउन सकिरहेका छैनौं,’’ प्रहरी भन्छ । निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहँदा कञ्चनपुर प्रहरीका एसपी र डिएसपी फेरिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC