site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा लैबरी तालमा चल्दैन : ईश्वर पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले रुकुम जिल्ला सचिव एवम् प्रतिनिधिसभा सदस्यका उमेदवार यदु गौतमको हत्या आपराधिक भएको चित्रित गरेका छन् ।

रुकुमका नेता एवम् तत्कालीन एमाले पार्टी सचिवसमेत रहेका गौतमको हत्याको २० औँ स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा जनयुद्धको उद्देश्य सकारात्मक भए पनि व्यक्ति हत्या हुनु आपराधिक भएको उनले बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“जनयुद्धको सपनामाथि प्रश्न उठाउन चाहन्नँ,” नेकपाका सचिवालय सदस्यसमेत रहेका उनले स्मृति दिवसमा भने, “यदु गौतम जनताको प्रिय नेता हुनुहुन्थ्यो । उहाँको हत्या हुनु दुखद् मात्र होइन, आपराधिक पनि हो ।”

यदु गौतमको हत्या भइसकेकाले अब केही गर्न नसकिने भन्दै इतिहासका त्यस्ता दुखद् घटनबाट पाठन सिक्नुपर्ने धारणा राखे । “हामी पश्चगामी हुन सक्दैनौँ । जनयुद्धका त्यस्ता घाउ सम्झिएर मन अमिल्याउनु पनि हुँदैन,” उनको भनाइ थियो ।

Global Ime bank

पार्टी लैबरी तालमा चल्यो 
कार्यक्रममा उनले पार्टी एकता निष्कर्षमा पुग्न नसकेको पनि चिन्ता व्यक्त गरे । “कम्युनिस्ट पार्टी लैबरी लैलै तालमा चल्दैन । ऊसँग प्रष्ट नीति र कार्यक्रम हुनुपर्छ,” उनको भनाइ थियो ।
उनले पार्टी एकता जनता, कार्यकर्ता र राष्ट्रको चाहनाअनुरूप भए पनि एकीकरण शृंखलागत रूपमा विस्तार नहुँदा चुनौती थपिएको बताए ।

एकीकरणताका एमाले र माओवादी केन्द्र दुवैका राम्रा विचार ग्रहण गर्ने भनेर हतारमा एकता टुंग्याइएको बताउँदै उनले भने, “यस्तो खैराँते विचारले पार्टी चल्न सक्दैन ।”

हिजोका दृष्किोण, मूल्य, मान्यता सबै पुरानो भइसकेको र त्यसले वर्तमान चल्न नसक्ने बताउँदै उनले आजको सन्दर्भमा पार्टीको प्रष्ट नीति र कार्यक्रम हुनुपर्ने धारणा राखे । “हिजोको विचार र कार्यक्रमले शिक्षामात्रै दिन्छ,” उनको मान्यता थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC