site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२० वर्षपछि जनार्दनको स्वीकारोक्ति- यदु गौतमको हत्या दुखद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले तत्कालीन नेकपा एमालेका रुकुम जिल्ला सचिव एवम् प्रतिनिधिसभा सदस्यका उमेदवार यदु गौतमको हत्या पार्टी निर्णय विपरीत भएको बताएका छन् ।

गौतमको २० औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आज आयोजित कार्यक्रममा तत्कालीन माओवादीका युद्ध कमान्डरसमेत रहेका जनार्दनले स्वीकारे, “जनयुद्ध सामन्तवाद र राजतन्त्र विरुद्ध थियो । यदु गौतमहरूको विरुद्ध थिएन । तर, पनि अप्रिय घटना घट्यो ।” 

उनले यदु गौतमले जनयुद्ध र सशस्त्र संघर्षलाई सहयोग पुर्याउँदा–पुर्याउँदै पार्टीबाटै हत्या हुन पुगेको भन्दै दुःखसमेत व्यक्त गरे । “गौतमको हत्याबारे तथ्य सार्वजनिक भइसकेको छ,” शर्माले भने, “जनयुद्ध सकारात्मक हुँदाहुँदै पनि एकाध त्यस्तै नकारात्मक घटना घटेका छन् । नहुनुपर्ने घटना घटेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

‘सहिद यदु गौतम’ भन्दै कार्यक्रममा सम्बोधन शुरू गरेका प्रभाकरले थपे, “यदु गौतमको हत्याले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।” मुलुक अहिले जनयुद्धकै उपलब्धिमा हिँडिरहेको दाबी गर्दै उनले युद्धको समीक्षा हुँदै आएको र हुँदै जाने बताए ।

शर्माले कम्युनिस्ट आन्दोलनको आवश्यकता अनुरूप हिजो सशस्त्र संघर्ष गरेर आएको माओवादी केन्द्र र शान्तिपूर्ण राजनीतिक धाराबाट आएका एमाले एक भए पनि एकता विस्तार हुन नसकेकोमा चिन्ता व्यक्त गरे । पार्टी एकतालाई टुंग्याएर समाजवादको आधार तयार गर्न ढिला गर्न नहुनेका उनको जोड थियो ।

Global Ime bank

“भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्दै हामी समाजवादको दिशामा अघि बढ्नुपर्छ । नेकपासँग त्यो सामथ्र्य छ । समाजवादको दिशामा अघि बढ्नुको विकल्प पनि छैन,” उनले भने । 
दिवंगत गौतमकी पत्नी एवम् प्रतिनिधिसभा सदस्य तीर्था गौतमले सहिदको सपना साकार पार्नुको विकल्प पार्टीसँग नरहेको बताइन् । समय परिवर्तित सन्दर्भमा अघि बढेकोकाले सहिद परिवार पनि सोही अनुरूप अघि बढेको उनको भनाइ थियो ।

सहिदको मर्म र भावनाअनुरूप पार्टी नचले र पार्टी र देशका लागि जीवन त्याग गर्ने नेता–कार्यकर्तालाई विर्सने हो भने सहिद परिवारसँग विद्रोहबाहेक अरू विकल्प नहुने उनको भनाइ थियो ।

गौतमले नेकपाको जीवनमा फागुन महिना अत्यन्तै दुखद् रहेको बताइन् । २०२९ साल फागन २१ गतेकै दिन सुखानीको जंगलमा पाँच जना नेताको हत्या भएको र २०५५ साल फागुन २१ गते नै आफ्ना पति मारिएको र केही दिनअघि पार्टीको उदीयमान नेता, मन्त्री रवीन्द्र अधिकारी तथा वृद्ध नेता भरतमोहन अधिकारी गुमाउनु परेकाले पनि नेकपाले फागुन बिर्सनु नहुनेमा उनको जोड थियो ।

२०५५ सालमा आजकै दिन एमालेका तर्फबाट प्रतिनिधिसभाका उमेदवार रहेका यदु गौतमकलाई तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो । गौतम मारिएको दिनको सम्झनामा युदु स्मृति प्रतिष्ठानले २०५९ सालदेखि पत्रकारिता पुरस्कारसमेत प्रदान गर्दै आएको छ ।

यदु गौतम स्मृति पुरस्कारबाट यसवर्ष बाग्लुङका पत्रकार हरिनारायण गौतम सम्मानित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC