site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिसहोम १२खरी कथा प्रतियोगितामा ८ सयभन्दा बढीको सहभागिता
Ghorahi CementGhorahi Cement

काठमाडौँ । १२खरी बुक्सद्वारा आयोजित राष्ट्रव्यापी डिसहोम १२खरी खुला आधुनिक कथा प्रतियोगिताका लागि देश र विदेशमा बस्ने कथाकारहरूले ठूलो उत्साहका साथ भाग लिएका छन् । कथा प्रतियोगितामा आठ सयभन्दा बढी कथा प्राप्त भएको र नवोदितदेखि स्थापित कथाकारसम्मले कथा प्रतियोगितामा सहभागिता जनाएर १२खरी बुक्सप्रति विश्वास र सम्मान जनाएकोमा प्रकाशनका तर्फबाट सम्पादक राजेन्द्र पराजुलीले सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । 

नेपालका वाङ्मय क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहित गर्दै यसको गुणात्मक प्रवद्र्धनमा सशक्त योगदान पु¥याउने उद्देश्यले १२खरी बुक्सले आयोजना गरेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने कथालाई क्रमशः रु एक लाख, ६० हजार र ४० हजार प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल २५वटा कथाको सङ्ग्रह प्रकाशित गरी २०७६ साल वैशाख ६ गते विजेताको घोषणा तथा पुस्तकको लोकार्पण गरिने पनि सम्पादक पराजुलीले बताए । 

Agni Group

गत माघ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा कथा पठाउने मिति यही फागुन २० गतेसम्म रहेको थियो । अन्तिम २५ कथामा उक्लन सफल कथाकारहरुलाई जनही ५ हजार रुपैयाँ लेखकस्व दिइने छ । “पुस्तकको आगामी संस्करण प्रकाशित हुँदै जाँदा कथाकारलाई सोहीअनुसार थप लेखकस्व दिइनेछ,” पराजुलीले भने ।

यो प्रतियोगिताले ‘ट्यालेन्ट हन्ट’को कामसमेत गर्ने आयोजकको विश्वास छ । । “यसले देशभरि रहेका कथाकारलाई मूलधारमा प्रवेश गर्न सहज बनाउने हाम्रो विश्वास छ,” सम्पादक पराजुलीले भने ।

Global Ime bank

१२खरी बुक्स, बाह्रखरी डिजिटल न्युजको भगिनी संस्था हो । प्रकाशनले यसअघि जगत नेपालको पुस्तक ‘बीपीको विद्रोह’ पुस्तक प्रकाशित गरिसकेको छ । पत्रकारिता सम्बन्धी, खोजमूलक तथा अन्य आख्यान र गैरआख्यानका पुस्तक प्रकाशित गर्दै जाने १२खरी बुक्सको लक्ष्य रहेको पनि पराजुलीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC