विदेश
वाशिङटन । अमेरिकाको अलाबामा राज्यमा टोर्नान्डो आँधीका कारण मृत्यु हुनेको संख्या कम्तिमा २३ पुगेको छ। थुप्रै बालबालिका आँधीमा परेको र केही अझै हराइरहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै सतर्क र सुरक्षित रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छन्।
अधिकारीहरुका अनुसार केहीलाई पुरिएको स्थानबाट झिक्ने काम भइरहेको र केहीलाई अस्पताल लगिएको छ। आलाबामाका गभर्नर के आइभीले ट्विट गर्दै अझै अप्ठेरो खालको मौसमको सामना गर्नुपर्ने अवस्था रहेको जनाएकी छन्।
राष्ट्रिय मौसम सेवाका अनुसार टोर्नान्डो करिब १६५ माइल प्रति घण्टाको दरले आएको थियो। -(बीबीसी)
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५ १३:३९
प्रतिक्रिया दिनुहोस्