site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष स्थानमा उक्लने मौकाबाट चुक्यो लिभरपुल
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लने मौकाबाट बञ्चित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेलेको थियो । एभर्टनको घरेलु मैदानमा भएको खेलमा बराबरी खेलेसँगै २८ वर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने लक्ष्य सहित अगाडि बढेको लिभरपुललाई धक्का पुगेको छ । 

यतिमात्र होइन, लिभरपुलले बराबरी गरेसँगै लिग लिडर म्यान्चेस्टर सिटीलाई फाइदा पुगेको छ । लिगमा २९ औं चरणका खेल सकिँदा लिभरपुलले ७० अंक बनाएको छ । उता लिग लिडर सिटीले एक अंकको अग्रता लिएको छ । सिटीले ७१ अंक बनाउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निकै रोमाञ्चक खेलमा लिभरपुलले गोल गर्ने सुवर्ण अवसरहरु पाएपनि गोल भने गर्न सकेन । लिभरपुललाई बराबरीमा रोकेको एभर्टनले तालिकामा ३७ अंक जोडेको छ । आइतबार नै भएको प्रिमियर लिगको अर्काे खेलमा भने चेल्सी विजयी भएको छ । चेल्सीले फुलह्याममाथि २–१ गोलको जित निकालेको हो । 

फुलह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन गोन्जालो हिगुईन र जोर्गीन्होले एक–एक गोल गरे । जितसँगै चेल्सीले २८ खेलबाट ५६ अंक जोडेको छ । पराजित फुलह्याम १७ अंकसहित लिगमा पुच्छारबाट दोस्रो स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC