site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारत–पाक तनावमा नरेन्द्र मोदी र इमरान खानमध्ये को अब्बल देखिए ?
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । पाकिस्तानले भारतीय पाइलट अभिनन्दन वर्तमानलाई फिर्ता गरेपछि परमाणु शक्ति सम्पन्न दुई देशबीचको विवाद अब मत्थर हुने अपेक्षा गरिएको छ ।  यो समग्र प्रक्रियामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पल्लाभारी भयो कि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भन्ने चर्चापनि अहिले भइरहेको छ । 

बिहीबार पाकिस्तानका प्रधानमन्त्री खानले शान्तिको संकेतका लागि भारतीय पाइलट फिर्ता गरिने बताएका थिए । नभन्दै पाकिस्तानले शुक्रबार राति पाइलटलाई फिर्ता गर्‍यो । 

दिल्लीमा भारतका प्रधानमन्त्री मोदी गएको बिहीबार नै वैज्ञानिकहरुको एउटा सम्मेलनलाई सम्बोधन गर्दै थिए । पाकिस्तानका प्रधानमन्त्री खानले सो घोषणा गरे लगत्तै मोदीले वैज्ञानिकहरुको सम्मेलनमा भनेका थिए, ‘‘पाइलट प्रोजेक्ट पूरा भएको छ । अब यसलाई हामीले साँच्चै पूरा गरेर देखाउनुपर्ने भएको छ ।’’ मोदीका समर्थकलाई उनको भनाइ निकै राम्रो लागेपनि उनका विरोधीहरुले भने यो कुरालाई बेस्वादको भएको टिप्पणी गरेका थिए ।

Agni Group

गएको मंगलबार जब भारतीय लडाकु विमान पाकिस्तानको इलाकामा घुसे र बालाकोटमा रहेको भनिएको कट्टरपन्थीको क्याम्पमा बम खसालेको भनियो भारतका प्रधानमन्त्रीले एक चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए,‘‘म यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु कि देश सुरक्षित हातमा छ ।’’ सो र्‍यालीमा मोदीले निकै नै ताली पाएका थिए । तर २४ घण्टा नबित्दै पाकिस्तानले जवाफी कारवाही गर्‍यो । र, भन्यो कि पाकिस्तान प्रशासित काश्मीरमा उसले भारतीय विमानलाई खसालिदियो । पाकिस्तानको सो दाबी सत्यपनि सावित भयो ।

जसले खसालिएको बिमानका पाइलटलाई पाकिस्तानको कब्जामा रहेको भिडियो पनि देखायो । यति बेलासम्ममा दुवै देशलाई तनाव कम गर्ने र शान्ति स्थापना गर्ने दबाब परिसकेको थियो । यही समयमा पाकिस्तानी प्रधानमन्त्री खान पहिले नै दुई कदम अघि बढेर भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरे । 

Global Ime bank

भारतका राजनीतिक तथा कुटनीतिक मामिला विशेषज्ञ केसी सिंहको भनाईमा इमरान खानको कुटनीतिक जालमा मोेदी आफैं फस्न पुगे । उनले अझ रिवर्स स्विंग भन्ने शब्दावली प्रयोग गरे जुन क्रिकेटमा प्रयोग गरिन्छ । जसमा घुमीरहेको बल अचानक बल्लेबाजको तर्फ आउँछ । इमरान खान विश्वकै उत्कृष्ट क्रिकेटर मानिन्छन् ।

सुरक्षा संकट
भारतमा सन् २०१४ मा प्रचण्ड बहुमत ल्याएर सत्तामा आएपछि भारतको राजनीतिमा मोदीको पकड बलियो भएको छ । स्थानीय मिडियाको आज्ञाकारी छबीका कारण मोदीको पकड भारतीय राजनीतिमा बढेको छ । उनको दबंग खालको राष्ट्रवादी छवि अगाडि आएको छ । 

भारतको कारवाहीको लगत्तै पाकिस्तानले कारवाही गर्नु र एक पाइलटलाई नै गिरफतार गर्नुले मोदीलाई ठूलै झट्का उत्पन्न गराएको थियो । यसपछि इमरान खानले तनाव कम गर्ने र आपसी संवाद अघि बढाउने जनाए ।  यसैक्रममा उनले भारतीय पाइलटलाई रिहा गर्ने घोषणापनि गरे । केसी सिंहका अनुसार यो मामिलामा इमरान खान गरिमामय र धैर्यशील छवि  खानले सन्देश दिएकि पाकिस्तान समश्याको समाधान संवादको माध्यमबाट गर्न तयार छ । भारतीय पाइलटलाई फिर्ता गर्ने घोषणाले खानले सबैलाई हैरान पारिदिए । 
यसबीचमा खान नियमित रुपमा सुरक्षा अधिकारी, मिडया र आफ्नो पक्षका मानिसहरुसँग सम्पर्कमा नै थिए । भारतमा पनि कतिपय मानिसलाई लागेको छ कि खान वास्तवमा सकारात्मक मानिस रहेछन् । 
अर्कातर्फ भारतीय प्रधानमन्त्री मोदीको हातबाट घटनाक्रम बाहिर जान लागेको जस्तो देखिएको छ । 

इतिहासकार श्रीनाथ राघवन मान्छन् कि पाकिस्तानले पुरै मामिलामा हैरान गरिदियो । भारतले १४ फेब्रवरीमा पुलवामामा ४० भन्दा बढी सीआरपीएफका जवान मारिएपछि पाकिस्तानमाथि आधा रातमा कारवाही भएको थियो । यद्यपि पाकिस्तानको जवाफी कारवाही झन् तीब्र रुपमा भयो । पाकिस्तानले दोस्रो दिनमै दिनदहाडै पछिल्लो कारवाही गर्यो । 

प्रतिशोध रणनीति हुन सक्दैन 

एक भारतीय पाइलटलाई पाकिस्तानले पक्रिनु मोदी सरकारको उदेश्य र उनले बनाएको छबीको विपरीत थियो ।  यसबाहेक यो पुरै मामिलामा सरकारको तयारी पनि प्रश्नको घेरामा परेको छ । पाकिस्तानको कब्जामा भारतीय पाइलट पर्नुको घटनाक्रमको दृश्य नै अहिले बदलिएको छ ।

पाइलटलाई फिर्ता ल्याउनुपर्ने कुरामा कुराकानी केन्द्रीत हुने अवस्था आयो । यसपछि मोदी र उनको  सरकारको नियन्त्रणमा घटनाक्रम रहेन । मोदी पहिलो प्रधानमन्त्री होइनन् जो पाकिस्तानमा रहेका भनिएका चरमपन्थी  समूहबाट सुरक्षा संकटको सामना गर्नु परेको हो । 

यस भन्दा पहिला अटलबिहारी बाजपेयी  र मनमोहन सिंहलाई पनि सीमापारबाट  हमलाको सामना गर्नुपरेको थियो । भारतले यसको जवाफ पनि दिएको थियो ।  तथापि त्यतिबेला सुनियोजित रुपमा फैसला हुन्थ्यो । राघवन भन्छन्, ‘‘प्रतिशोध एक रणनीतिक हतियार हुन सक्दैन । भावनामा आधारित रणनीति थुप्रै समयमा काम लाग्दैन  ।’’ 

भारतीय मिडियाको ठुलो हिस्साले पाइलटको रिहाइलाई मोदीको जीतको रुपमा व्याख्या गरेको छ । 

थोरै मान्छेले मात्रै पुलवामा आक्रमण भारतको खुफिया एजेन्सीको असफलता थिएन र  भन्ने प्रश्न समेत उठाइरहेका छन् । साथै पाकिस्तानले दिनदहाडै कसरी बिमान गिरायो भन्ने प्रश्न समेत उठीरहेको छ । 

भारतका ख्यातिप्राप्त रक्षा विशेषज्ञ अजय शुक्लाको भनाइ छ कि भारतीय सेना पाकिस्तानस्थित चरमपन्थी संगठनमाथि आफ्नो कारवाही गर्न असफल साबित भएको छ ।  शुक्ल भन्छन्, ‘‘भारतीय सेना आफ्नो कारवाहीको लक्षमा पुग्न सकेन । उनका अनुसार पाकिस्तानले भारतलाई बराबरी गर्न सक्ने देखाइदिएको छ । रकमको अभावले गर्दा दशकौंदेखि भारतीय सेनाको अवस्था नाजुक बन्दै गइरहेको छ । यो अवस्थामा मोदीले पाकिस्तानलाई ठूलो कारवाही गर्न सक्दैनन् ।”

अर्कातर्फ अहिलेसम्म प्रष्ट भएको छैन कि भारतीय वायु सेनाको लडाकू बिमानले पाकिस्तानको बालाकोटमा जहाँ बम हानिएको थियो त्यहाँ आतंकवादी ठेगानाको कति नोक्सान भयो । 

भारतको तर्फबाट बालाकोटमा आक्रमण गर्दा आतंककारी संगठनलाई कति क्षति भयो भन्ने कुरा अझै खुलिसकेको छैन ।  भारतका तर्फबाट आधिकारिक रुपमा यो कारवाहीमा कति मानिस परे भनेर भनिएको छैन ।  यद्यपि मिडियाले भने तीनसय भन्दा बढी मानिसको मृत्यु भएको बताउँदै आएका छन् । 

यसले गर्दा पुरै आक्रमणका बारेमा प्रधानमन्त्री मोदीमाथि प्रश्न उठिरहेको छ । स्तम्भकार सन्तोष देसाईले भने, ‘‘मिडियामा मोदीको लगभग नियन्त्रण रहेको छ । त्यसैले मोदी धारणाको लडाईं हार्छन भन्ने मलाई लाग्दैन ।’’ उनका समर्थकको भनाइ छ कि मोदीको दबाबका कारण नै खानलाई भारतीय पाइलट छोड्नु पर्यो । प्राध्यापक विपिन नाराङ भन्छन्–“कुनै पनि मुलुक युद्ध चाहँदैनन् ।”

नाराङ क्युबालाई भएको मिसाइल संकटको चर्चा गर्दै त्यहाँ कुनैपनि गल्ती भएमा ठूलै तवाहीको अवस्था आउने बताउँछन् ।  उनका अनुसार दुवै पक्ष अब  सामान्य हुनेछन् । पाकिस्तानले पनि  आतंकवाद खतम गर्न सक्छ र ऊ उल्झनबाट जोगिन चाहन्छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ०५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC