site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुक बन्द गराउने योजना छैन, त्यस्ता सूचना सेयर गरेको भए हटाउनूस् : सूचना मन्त्रालय 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारले फेसबुक तथा ट्वीटर बन्द गराउन नखोजेको भन्दै प्रष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै फेसबुक तथा ट्वीटर बन्द गराउने सम्बन्धी सूचना सामाजिक सञ्जालमा पोट, रिपोष्ट, लाइक गरेको भए हटाउन–नगर्न समेत भनेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल बन्द गराउने कुनै सूचना प्रकाशित नभएको प्रष्ट पारेका छन् ।

Agni Group

“नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणीसमेत गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तीमा भनिएको छ ।

“यस मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने कानुनी कारबाही गर्न प्रक्रिया सुरु भैसकेको तथा सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ । यस प्रकारको गलत–भ्रामक सूचना आ–आफ्नो सामाजिक सञ्जामल खाताबाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन–नगर्न समेत सम्बन्धित सबैलाई जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ,” विज्ञप्तीमा भनिएको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC