site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेलिकोप्टर दुर्घटनामा निधन भएकाका परिवारलाई सभामुखको सान्त्वना
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुका परिवारलाई भेटी सान्त्वना व्यक्त गरेका छन्। आइतबार सभामुख महराले पशुपतिमा काजकिरियामा बसेका दुई परिवार तथा घरमै काजकिरिया गरिरहेका तीन परिवारलाई भेटी कठीन अवस्थामा विचलित नभई धैर्य गर्न आग्रह गरेका हुन्। 

पशुपतिमा किरिया बसिरहेका प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहालका परिवार र पर्यटनमन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन कुमार घिमिरेका परिवारलाई भेट गरेका थिए।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी कोटेश्वरस्थित श्रेष्ठको घरमा नेवारी परम्पराअनुसार अन्तिम संस्कार गरिरहेका नेपाल नागरिक उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र प्रसाद श्रेष्ठको परिवारलाई घरमै पुगेर सान्त्वना व्यक्त गरेका हुन् भने भने प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभोयाको बागबजारस्थित घरमै पुगेर शोकाकूल परिवारलाई धैर्य गर्न आग्रह गरे। 

त्यस्तै, हेलिकोप्टरका चालक प्रभाकर केसीको घर ताहाचल पुगेर शोकाकूल परिवारजनलाई धैर्यधारण गरी परिवारको सदस्य गुमाएको पीडा सहन गर्न आग्रह गरेका थिए। 

Global Ime bank

उनले दुर्घटना भइसकेपछि अब टारेर टार्न नसकिने भन्दै धैर्य गरी शोकलाई सहन गर्नुको विकल्प नभएको बताए। ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाले राज्यलाई निकै क्षति भएको भन्दै सभामुख महराले आ-आफ्नो क्षेत्रमा निकै कुशल, सक्षम र देशका लागि निकै भरोसायोग्य व्यक्तित्वहरुलाई गुमाउनुपरेको बताए। 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC