site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बी डिभिजन लिगमा श्री भगवती र आरसीटीको जित    
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो चरणको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री भगवतीले जित हात पारेका छन् । आइतबार एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा श्री भगवतीले टुसाल  क्लबलाई ३–१ गोलले हराउन सफल भएको हो । 
श्री भगवतीलाई जित दिलाउन दर्शन गुरुङले दुई र पासाङ शेर्पाले एक गोल गरे । उता टुसालका लागि कसिम राईले एक गोल गरे । खेलको ४१ औँ मिनेटमा दर्शनले गोल गर्दै श्री भगवतीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्ज्यूरी समयमा कसिम राईले गोल गर्दै खेल बराबरीमा पुर्याए । 
निकै रोमाञ्च खेलको ६० औँ मिनेटमा पुनः दर्शनले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा पासाङले गोल गर्दै श्री भगवतीलाई ३–१ गोलले जित दिलाए । आज नै भएको अर्काे खेलमा सातदोबाटो युवा क्लबविरुद्ध आरसीटीले २–० को जित निकाल्न सफल भएको छ ।  
आरसीटीलाई जित दिलाउन नन्द प्लानचोकेले दुई गोल गरे । उनले खेलको ६८ औँ मिनेटमा पहिलो गोल गर्दै आरसीटीलाई सुरुवाती अग्रता दिलाएका थिए । नन्दले खेलको ८३ औँ मिनेटमा अर्काे गोल गर्दै टिमलाई सहज जित दिलाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC