site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) राति दुई खेल हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानमा रहेको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । 
एभर्टनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १० बजेबाट सुरु हुनेछ । आज हुने खेलमा जित निकाल्दै लिभरपुललाई प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका हुने छ । 
यसअघि शीर्ष स्थानमा रहेको लिभरपुलाई पछि पार्दै म्यान्चेस्टर सिटीले शीर्ष स्थान ओगटेको थियो ।  लिभरपुल एभर्टनविरुद्धको खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।  यता एभर्टन घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । 

लिभरपुल २८ खेलबाट ६९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल धेरै खेलेको म्यान्चेस्टर सिटी ७१ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै आज नै हुने अर्काे खेलमा चेल्सीले फुल्ह्यामसंग प्रतिस्पर्धा गर्दैछ । फुल्ह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७ः५० बजेबाट सुरु हुनेछ । 

लगातारको खराब नतिजा भोग्दै आएको चेल्सी आजको खेलमा जित निकाल्ने लक्ष्यमा रहने छ । उता फुल्ह्याम घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने पक्षमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC