site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
प्राध्यापक डा. गोविन्द केसीको सत्याग्रहलाई सुरुमा उपेक्षा गर्ने सरकार अन्ततः झुक्यो । प्रधानमन्त्री केपी ओलीले आइतवार संसद्लाई आफूले राजीनामा गरेको जानकारी दिँदादिँदै सरकारले बनाएको वार्ता टोली र डा. केसीबीच सहमति हुँदैथियो । अन्ततः आफ्नो कार्यक्षेत्रभित्र पर्ने डा. केसीका सबै माग पूरा गर्न सरकारी तयार भयो । डा. केसीले अनशन सुरु गरेको सोह्रौं दिन सोमबार बिरामीका हातबाट जुस खाए । अनशन थालिएको साता दिनसम्म त सरकारले वास्तै गरेको थिएन । सडक र सामाजिक सञ्जालमा डा. केसीप्रति जनसमर्थन बढ्दै गएपछि सरकारले वार्ता टोली बनाएको थियो । यसबीच डा. केसीका समर्थनमा चिकित्सा शास्त्रका विद्यार्थीहरूले सुरु गरेका विरोध सडकमा पुग्यो र विशाल जुलुस प्रदर्शन भए । सरकारी पक्ष सबैभन्दा बढी हिचकिचाएको माग थियो — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र अर्का एक जना आयुक्तलाई महाभियोग लगाउने । त्यो विषय उच्चारण गर्नेसम्म पनि तिनले आँट गरेका थिएनन् । नागरिक समाजकै अगुवाहरू पनि सकेसम्म त्यस विषयमा बोल्न चाहँदैन थिए । तर, सांसद गगन थापाले धनराज गुरुङ एवं श्याम श्रेष्ठको समर्थनमा डा. केसीका मागका विषयमा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि र संसद्को सुशासन तथा अनुगमन समितिले सक्रियता देखाउँदा सरकारी प्रतिनिधिलाई सजिलो भयो । त्यसपछि नेकपा (एमाले) नेतृत्वको सरकारले जाने भएपछि मनमोहन प्रतिष्ठानका विषयमा निर्णय लिने आँट आएको हुनुपर्छ । जे होस्, यसपटक पनि डा. केसीको अनशन सम्झौतामै टुंगिएको छ ।
 
चिकित्सा शिक्षामा देखिएका बेथिति, विकृति र व्याप्त भ्रष्टाचार एवं व्यापारीकरण अन्त्य गर्ने  माग राखेर उनले अनशन थालेका थिए । मूलतः यिनै मागको सेरोफेरोमा गरिएको यो उनको आठौं अनशन थियो । सबै अनशनमा डा. केसीको जीवन जोखिममा परेपछि डाक्टरहरू सेवा बन्द गरेर सडकमा जाने, त्यसपछि सर्वसाधारण जनता पनि विरोधमा मिसिने र अन्ततः सम्झौता हुने तर कार्यान्वयन गराउन अर्कोपटक अनशनै बस्नुपर्ने हुँदैआएको छ । यसबीच अहिलेका सबै प्रमुख दलहरूको नेतृत्वमा सरकार बनिसकेको छ । यसैले अब बन्ने सरकारले पनि अर्को जनदबाबविना पछिल्लो सम्झौता सजिलै कार्यान्वयन गर्ला भनेर पत्याइहाल्नु बुद्धिमानी हुँदैन । विशेषगरी, डा. केसीसँगका सम्झौता कार्यान्वयन हुँदा सत्तामा बलियो पकड भएको ‘मेडिकल माफिया’को स्वार्थमा आघात पर्ने भएकाले त्यसलाई रोक्न चर्कै जालझेल हुने निश्चित छ । 
 
सांसद गगन थापाले डा. केसीलाई अनशन स्थगित गर्ने बेलामा अर्कोपटक यिनै माग राखेर अनशन गर्नुनपर्ने आश्वासन दिएका छन् । डा. केसीले पुनः यिनै माग राखेर अनशन गर्न नपर्नका लागि सरकार इमानदार हुनुपर्छ । अहिलेको अवस्था हेर्दा सबैभन्दा कठिन यही देखिन्छ । संसद्ले सुरु गरेको अख्तियारका आयुक्तहरूसँगको छलफल पारदर्शी बनाउँदै इमानदारीपूर्वक निष्कर्षमा पुग्नुपर्छ । महाभियोग लगाउनु पर्ने रहेछ भने त्यसको प्रक्रिया सुरु गर्नुपर्छ भने संसदीय छानबिनपछि महाभियोग लगाउनु नपर्ने भयो भने पनि यथार्थ विवरण चित्तबुझ्दो गरी पारदर्शी बनाउनुपर्छ । अर्थात्, सरकारी कार्यशैली नै बदल्नुपर्छ र यो सजिलो छैन । तर, यसपटक संसदीय समिति र सांसदहरूले अग्रसरता देखाएका छन् भने सडकमा आउनेमा राजनीतिसँग सरोकार नराख्ने सचेत युवाको संख्या ठूलो देखिएको छ । सञ्चार माध्यम पनि यसपटक बढी नै विभाजित भयो तर केहीले सत्यको पक्ष लिए । हुन पनि सत्य र असत्यका बीचमा निरपेक्ष तटस्थता असत्यको पक्ष पोषण हुन्छ । सञ्चार माध्यम, सडक र संसद्मा देखिएको सत्यका पक्षमा सकारात्मक हस्तक्षेप गर्न तत्पर यस समूहले निरन्तर निगरानी गरिरह्यो भने सांसद थापाले भनेजस्तै डा. केसीलाई यिनै माग राखेर पुनः अनशन गर्नुपर्नेछैन । कारण, सञ्चार माध्यम, सदन र सडकको संयुक्त दबाब बेवास्ता गर्ने आँट कम्तीमा जननिर्वाचित सरकारले गर्न सक्त्तैन । जेहोस्, सत्यको पुनः विजय भएको छ र त्यसमा डा. केसी र उनका सहयोगी, समर्थक तथा शुभेच्छुक सबै बधाईका पात्र भएका छन् । 
 
एक पटक फेरि सिद्ध भएको छ — सत्यमेव जयते ! 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC