site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समयमा पाठ्‍यपुस्तक पुर्‍याउने जनक शिक्षाको दाबी, कति सम्भव? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ। केन्द्रले गत वर्षपनि समयमै पाठ्यपुस्तक पुर्‍याएको तथा अभाव हुन नदिएकोभन्दै जनकले आफ्नो मुहार फेरिसकेको दाबी गर्दै सरोकारवाला सबै निकायलाई ढुक्क हुन आग्रह गरेको छ।

केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले पाठ्यपुस्तकको छपाई ९० प्रतिशत सकिसकेको बताउँदै भने, "आगामी शैक्षिक सत्रमा सबै विद्यालय र विद्यार्थीको हातमा बेलैमा पाठ्यपुस्तक पुर्‍याउने छौं।"

उनले आगामी सत्रको लागि कक्षा १ देखि  १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी जनक शिक्षाले पाएको बताउँदै भने, "आगामी शैक्षिक सत्रकोलागि कक्षा ५ देखि १० सम्मकोलागि मात्रै २ करोड २५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ। जसमध्ये १ करोड ६८ लाख थान छापिसक्यौं।"

Prabhu Bank
Agni Group
NIC Asia

महाप्रबन्धक तिमिल्सिनाले शिक्षा मन्त्रालयले कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी निजीलाईसमेत दिएको बताए। यद्यपी आगामी सत्रकोलागि समेत जनकले प्रावि तहको किताब छाप्दैछ। २० लाख थानको संख्यामा जनकले हालसम्म प्रावि तहका रंगिन पाठ्यपुस्तक छापिसकेको जनाएको छ।
 
महाप्रबन्धक तिमिल्सिनाले निजीसँग सल्लाह गरेर छापिरहेको बताउँदै भने, "कक्षा १ देखि ४ सम्मको किताब अझै केही संख्यामा छाप्दै छौं।" उनले गत वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याएर हामीले कतैबाट गुनासो आउन नदिएको बताउँदै भने, "यसपटक पनि आउँदो सत्रमा कतैपनि पाठ्यपुस्तको अभाव हुन दिने छैनौं।"
 
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष देशवासीको नाममा सम्बोधनमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको बताएका थिए। उनले यस वर्ष पनि समयमै पाठ्यपुस्तक पुग्‍ने बताउँदै लगातार दुई वर्ष समयमै पाठ्यपुस्तक पुग्‍ने दाबी गरे।

केन्द्रका बजार व्यवस्थापन शाखा प्रमुख शम्भु पोखरेलले माघ मसान्तसम्ममा १ करोड ६८ लाख थान पाठ्यपुस्तक छपाई भइसकेको बताए। उनले ती छापिएका पाठ्पुस्तकहरु बजारमा गइसकेको बताउँदै भने, "वाइन्डिङलगायतका काम भइरहेको किताबको संख्या १० लाख छ। त्यो पनि चाँडै तयार भएर आउँछ।"
अहिले जनक शिक्षाको अवस्था राम्रै रहेको बताउँदै उनले भने, "तीन-चार वर्ष अघिसम्म अवस्था अलिकति खस्केकै हो तर गत वर्ष र यस वर्ष सयममै किताब पुर्‍याउने सम्पूर्ण तयारी अवस्थामा छौं।" गत वर्षपनि सत्र सुरु हुनुभन्दा १५ दिनअघि नै सबै ठाउँमा हामीले पाठ्यपुस्तक पुर्‍याएका थियौं भने यस वर्षपनि त्यसैगरी जाने तयारीमा छौं।
 
दैनिक १ लाख थान पाठ्यपुस्तक छपाई हुँदै

Global Ime bank

जनकले अहिले दैनिक १ लाख थान पाठयपुस्तक छपाई गरिरहेको जनाएको छ। सत्र सुरु हुन अझै ४५ दिन छाप्ने अवधि बाँकी रहेको उल्लेख गर्दै महाप्रबन्धक तिमिल्सिनाले ४५ दिनभित्रमा सबै किताब प्रकाशन गर्न भ्याउने केन्द्रको दाबी छ। केन्द्रले अब ३० लाखमात्रै छाप्दा पनि टार्गेट पुग्नसक्छ। छापिएकोमध्ये सबै पाठ्यपुस्तक नबिक्ने पनि हुन्छ। यद्यपि बाँकी रहेको सबै किताब समयमै छापिनेमा सबै सरोकारवालालाई केन्द्रले ढुक्क हुन् आग्रह गरेको छ।

स्टकमै ५५ लाख पाठ्यपुस्तक

जनकले स्टकमामात्रै गत वर्षको ५५ लाख जति पाठ्यपुस्तक बाँकी रहेको जनाएको छ। बजार व्यवस्थापन शाखा प्रमुख शम्भु पोखरेलले स्टकमा बाँकी भएको सेटमै चाँही नरहेको बताउँदै भने, "असार मसान्त अर्थात सिजन सकेपछि सेटमै चाँही पाठ्यपुस्तक रहँदैन।"
 
परिमार्जनसहितको पाठ्यक्रम

केन्द्रले यस वर्ष कुनै-कुनै कक्षाको पाठ्यक्रममा सामान्य परिमार्जन गरी छापिएको जनाएको छ। प्रमुख पोखरेलले यस सत्रको लागि कक्षा १० को अर्थशास्त्र र अतिरिक्त गणितमा केही परिवर्तन भएको र त्यस अनुसार नै छापेका बताए। उनले वर्ण विन्यासहरु परिवर्तन भएर आएको जानकारी दिए। "पाठ्यक्रमले जस्तो छाप्न भनेर हामीलाई दिन्छ हामीले त्यस्तै छाप्ने हो", उनले भने, "स्टकमा रहेको त पुरानै जाने भयो। स्टकमा अन्य किताबहरुपनि रहेको र धेरैले नयाँ परिमार्जनसहतिको नै पढ्न पाउनेछन्।"

हुम्ला-जुम्लामा हिमपातका कारण अभाव

केन्द्रका प्रमुख पोखरेलले फागुनमा शैक्षिक सत्र सुरु हुने हुम्ला-जुम्लालगायतका पाँच जिल्लामा पाठ्यपुस्तक अभाव नभएको बताए। उनले निरन्तर हिमपातको कारण पाठ्यपुस्तक एयरपोर्टमै थन्केको अवस्थामा रहेको जानकारी दिँदै अभाव भएको भने पनि सबै ठाउँमा पाठ्यपुस्तक उठाएको बताए।

"फागुनमा सत्र सुरु हुने पाँच वटा जिल्लाकालागि लगभग २० हजार जति सेटमा किताब पठाउनुपर्छ", प्रमुख पोखरेलले भने, "सबै यति थोरै पाठ्यपुस्तक पनि नछापिएर अभाव होला त?" मुस्ताङको व्यापारीले पोखराबाट किताब लगेको भएपनि निरन्तर हिमपात भएकोले किताब लग्न नसकेर भोटेओडारमा राखिएको उनले जानकारी दिए। "त्यस्तै हिमपातको कारण हुम्लामा पनि जान सकेको छैन भने मुगुको पनि एयरपोर्टमा बसिरहेको छ", उनले भने। 

त्यस्तो जिल्लाहरुमा अलि पहिले नै पाठ्यपुस्तक पठाउने व्यवस्था केन्द्रले किन गर्न नसकेको भन्‍ने प्रश्‍नमा उनले सरकारी नीति नै फेर्नुपर्ने तर्क गरे। अनि जहिलेपनि हवाइ उडान नभएपछि पाठ्यपुस्तक अभाव भनेर हल्ला गर्ने गरिएको बताए। केन्द्रले पाठ्यपुस्तक उत्पादन गर्ने निजी प्रेसहरु सक्रिय छन्, तिनीहरुले जनक शिक्षाको हल्ला फिजाएर आफ्नो पाठ्यपुस्तक बेच्ने षड्यन्त्र गरिरहेको पनि पोखरेलको दाबी छ।  केन्द्रका प्रमुख पोखरेलले दुई वर्ष अघिसम्म केही कमीकमजोरी भएको हो। ती कमीकमजोरी सरकारी नीतिले पनि हुनसक्‍ने बताउँदै निजीलाई अघि बढाउने भनेर पनि होला तर अहिलेको भने अवस्था फरक भएको छ। 
 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC