site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साप्ताहिक राशिफल– साताका अधिकांश दिन अनुकूल  
Ghorahi CementGhorahi Cement

२०७५ फाल्गुन १८ – २४ गतेसम्म 

फाल्गुन कृष्ण एकादशी – फाल्गुनशुक्ल द्वितीयासम्म 

१८ गते विजया एकादशीव्रत, 

Agni Group

१९ गते प्रदोषव्रत, 

२० गते महाशिवरात्रीव्रत, हलेसी महादेव, पशुपतिनाथ लगायतका

Global Ime bank

शिवमन्दिर भएका ठाउँमा मेला, 

२२ गते दर्शश्राद्ध, हलो तथा निशि बार्ने, द्वापरयुगादि, 

२३ गते ग्याल्पोल्होसार, 

२४ गते नारीदिवस, 

मेषः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मंगल, बुधबार नवीन आयस्रोत खुल्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

वृषः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मनमा सन्तोष मिल्नेछ । 

मिथुनः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । 

कर्कटः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार पारिवारिक सहयोग प्राप्त हुनेछ रमाइलो वातावरण बन्नेछ । मंगल, बुधबार मन खिन्न हुन सक्नेछ । अनावश्यक घमण्ड बढ्नेछ । बृहस्पति, शुक्रबार आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । 

सिंहः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार शत्रु पराजित हुनेछन् । आटे ताकेको काम बन्नेछ । मंगल, बुधबार यात्राको अवसर मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

कन्याः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार सावधानयोग्य रहनेछ । मनमा चिन्ता पर्न सक्छ । मंगल, बुधबार शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोबल पनि उच्च हुनेछ । बृहस्पति, शुक्रबार सबै प्रकारले सुख प्राप्त हुनेछ । 

तुलाः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रवि, सोमबार प्रतिकूल रहनेछ । मनमा दुविधा बढ्नेछ । मंगल, बुधबार कडा प्रतिस्पर्धा गरिनेछ । बृहस्पति, शुक्रबार आटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । 

वृश्चिकः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार बुद्धिविवेक क्रियाशील रहनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । 

धनुः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रवि, सोमबार बोलीवचनमा सावधान रहनु पर्नेछ । आर्थिक विचलन पनि देखिन सक्नेछ । मंगल, बुधबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

मकरः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । पढाइले गति लिनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार सामाजिक काममा संलग्न भइनेछ । यश, कीर्ति मिल्नेछ । 

कुम्भः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार खर्चिलो रहन सक्नेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यक्रम बन्नेछ । उपयुक्त अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । 

मीनः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रवि, सोमबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्योदय हुनेछ । महत्वपूर्ण अवसर प्राप्त हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  ००:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC