site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धुर्मुसले भने–आशाको दियो बाल्दैछु, तेल तपाईंहरु मिलेर थपिदिनुस्  
Sarbottam CementSarbottam Cement

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश–२ बाट पहिलो चरणमा २२ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश–२ को संयोजनमा रङ्गशाला निर्माणको लागि  महोत्तरीको बर्दिबासमा घोषणा गरिएको ‘खुत्रुके अभियान’मा सो रकम संकलन भएको हो । 

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’को उपस्थितीमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सहयोग हस्तान्तरण कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) ले आफ्नोतर्फबाट एक हजार रुपैयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए ।

कार्यक्रममा सहभागि उद्योगी, व्यवसायी, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागि सहयोग गरेका थिए ।

Global Ime bank

कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न अपिल गरे । “सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं,” कार्यक्रममा धुर्मुसले भने, “अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।” देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै उनले थपे, “दियोमा तेल तपाइहरु मिलेर थपिदिनुस् ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC