site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययनः मुख्यमन्त्री राई
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् ।  

राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्ष युवा वैदेशिक रोजगारीेमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उनले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास दिलाए ।  

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध प्रदेश निर्माण गरिने बताए । 

Global Ime bank

आयोजक संस्थाका उपाध्यक्ष माधव ढुङ्गेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशालालाई परिवर्तन गरी समयानुसार अब्बल बनाउनु पर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षलाई प्रदेशको नीति तथा योजना र कार्यक्रममा समावेश गरेमा मुलुकको समृद्धि हुने बताए । सोही संस्थाका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी सुनिश्चित गराउनु कार्यक्रमको उद्देश्य रहेको बतए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC