site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर भएन : सभापति देउवा
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्‍न नसक्ने बताएका छन्। शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताएका हुन्। 

उनले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाए। सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।  

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गरे। उनले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिए।      

अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएको आरोप लगाए। उक्त अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पुर्‍याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो। 

Global Ime bank

यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेट्न पुगेका थिए। 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC