site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाइडबडी विमान खरिदमा रवीन्द्र अधिकारीको संलग्नता थिएनः प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाइडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्दन गर्न खोजेको भन्दै आपत्ति पनि जनाए । 

शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए । 
वाइडबडीमा केही तत्वले मन्त्री अधिकारीको बदनाम गराउन खोजेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
“यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्नँ, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बदनाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,” प्रधानमन्त्री ओलीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC