Skip Advt.

पर्यटनमन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर सम्पर्कविहीन

पर्यटनमन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सुरक्षा अधिकारीहरुले हेलिकप्टर दुर्घटनामा परेको आशंका गरेका छन् । मन्त्री अधिकारी पाथिभरा मन्दिर दर्शन गर्न गएको बताइएको छ । मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ६ जना रहेको बताइएको छ । 

हेलिकप्टर दारेडाँडामा रहेको जंगलमा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार जंगलमा आगोको मुस्लो देखिएको छ । आगो देखिएको ठाउँ सदरमुकामाबाट तीन घन्टा टाढा रहेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

‘शुभयात्रा नभनेको त्यो दिन’

चिप्लेढुङ्गा (रासस) । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन,

केन्यामा हेलिकप्टर दुर्घटना, चार पर्यटकसहित पाँच जनाको मृत्यु

नैरोबी । केन्याको उत्तरपश्चिम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले