site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चीनले संख्या घटायो, नेपालबाट सगरमाथा चढ्ने पर्वतारोही बढ्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनले सगरमाथाको उत्तरी क्षेत्रबाट यसपटक आरोहण घटाएपछि नेपाल तर्फबाट आरोहण गर्नेको संख्या बढ्ने देखिएको छ ।

सरकारी अधिकारीले यसपालि आरोहण गर्नेको संख्या बढ्न सक्ने बताएका छन्  । नेपाल पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमीरेले बाह्रखरीसँगको कुराकानीमा  भने,“यसपटक बढ्ने अनुमान गरेका छौं । तर, कति बढ्छन् भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन ।’’ 
उनले कुनै निश्चित संख्यामात्रै चढ्न दिने भन्ने नीति नभएको समेत उनले बताए ।  सन् २०१८ मा सगरमाथाको दक्षिणी भाग (नेपाल तर्फ) बाट ५ सय ६३ जना आरोहीले सगरमाथाको आरोहण गरेका थिए ।  वसन्त ऋतुमा सुरु हुने सगरमाथा आरोहण मार्च १ देखि शुरु भइ मे ३१ सम्म जारी रहन्छ । चीनले गएको जनवरीमा चीन तर्फबाट सगरमाथा चढ्नेको संख्या यसपालि एक तिहाइले घटाइने जनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसपालि उसले सगरमाथाको उत्तरी भागमा सफाई गर्ने योजना बनाएकोले पर्वतारोहीको संख्या घटाउने उल्लेख गरेको हो । 

‘‘हामीले पनि सगरमाथा दिवसको दिन मे २९ मा सगरमाथाको सफाई गर्ने कार्यक्रम बनाएका छौ,’’ महानिर्देशक घिमिरेले भने,‘‘त्यहाँ फालिएका डोरीहरु मात्रै सफा गर्न सकिएपनि धेरै सहज हुनेछ ।’’  पर्वतारोहण सम्बन्धी नेपालका संस्थाहरुले यसपालि पर्वतारोहीको संख्या बढ्न सक्ने भएकोले त्यसको आवश्यक तयारी गरिएको जनाएका छन् । 

Global Ime bank

नेपालको तर्फबाट पर्यटकहरुलाई कुनै समस्या नपरोस् भनेर आवश्यक व्यवस्था गरिएको नेपालको इक्सिट्रम क्लाइम्बर्स ट्रेक्स एण्ड एक्सपीडिसनका प्रतिनिधि पेम्बा शेर्पालाई उद्धृत गर्दै अमेरिकी समाचार एजेन्सी एशोसिएट प्रेस (एपी) ले जनाएको छ ।

पर्वतारोहीको संख्या बढ्दा नेपालतर्फ वातावरणीय हिसाबले भने केही समस्या पर्न सक्ने  देखिएको छ । यद्यपि त्यसको न्यूनतम मात्रै असर गर्ने गरी योजना बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । यो वर्ष सन् २०१४ मा सगरमाथा चढ्न नचाहने पर्यटकहरुका लागि अन्तिम मौका पनि हो किनकी उनीहरुको बढाइएको अनुमतिको समय यसपालि सकिदैछ ।

नेपालले सन् २०१४ मा ३ सय जना पर्वतारोहीको अनुमति ५ वर्षका लागि बढाएको थियो । सन् २०१४ को पर्वतारोहण सिजन सुरु हुने बित्तिकै  हिम पहिरोमा परेर १६ जना नेपाली शेर्पा गाइडको मृत्यु  भएको थियो । सिजनको सुरुमै सो दुर्घटना भएपछि अन्य गाइडहरुले काम गर्न अस्वीकार गरेका थिए ।
 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC