site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जस्टिस फर निर्मला संकल्प प्रस्ताव पारित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ट्युनिसियामा सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिलले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सुरु भएको जस्टिस फर निर्मला संकल्प पारित गरेको छ । 

फेब्रुअरी २१–२२ मा आयोजित काउन्सिलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले निर्मलाको न्यायका निम्ति आवाज उठाएपछि उक्त संकल्प पारित भएको हो । गत डिसेम्बर महिनामा काठमाडौंमा सम्पन्न इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासिफिक कमिटिको सम्मेलनमा तरुण दलले जस्टिस फर निर्मला संकल्प दर्ता गरेको थियो ।   

Agni Group

निर्मला पन्तको बलात्कार घटनाका दोषी पक्राउ गर्न सरकार असफल रहेको र निर्मलालगायत हजारौं महिलाको न्यायको निम्ति तरुण दलले अन्तराष्ट्रियस्तरमा आवाज उठाएको छ तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहले बताए । 

इन्टरनेशनल यूनियन अफ सोसाइटीको वल्र्ड काउन्सिल कार्यक्रममा ५० देशका एक सय २० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट कार्यक्रममा तरुण दलबाट मुना भुसाल, दिनेशबिक्रम शाह र नेपाल विद्यार्थी संघबाट प्रकाश श्रेष्ठ, पुनम भट्ट रहेको इन्टरनेशनल यूनियन अफ सोसाइटीको एसिया प्यासेफिकका उपाध्यक्ष मदन भण्डारीले जानकारी दिएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC