site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पौडेल र सिटौलाको बहिष्कारपछि कांग्रेस बैठक अनिश्‍चित
Sarbottam CementSarbottam Cement

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

पार्टीको निर्णय प्रक्रियामा सभापति देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ पौडेल र सिटौला पक्षले विरोध स्वरुप बैठक बहिष्कार गरेको संस्थापन इतर समूहका नेताहरुले बताएका छन्।

Prabhu Bank
Agni Group
NIC Asia

"पार्टीको अनुशासन समिति र निर्वाचन समिति सर्वसम्मत रूपमा गठन गर्नुपर्छ भन्दा उहाँहरू तयार हुनु भएन," नेता अर्जुननरसिंह केसीले भने, "त्यो भए जे गर्नुछ गर्नुस्, हामी बैठकमा सहभागी हुँदैनौँ भनेर निस्कियौं ।"

तर कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले पदाधिकारी र पूर्वपदाधिकारीबीचको सहमति अनुसार मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको बताएका छन्। सहमतिको खोजीका लागि नै बैठक स्थगित गरिएको उनको भनाइ थियो।

Global Ime bank

"पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विषय प्रवेश गरेर अल्पमतीय र बहुमतीय प्रणालीबाट केही विषयलाई निरुपण गर्नुभन्दा बैठकलाई अहिले स्थगन गर्ने र ती विषयहरुमा केही दिन पछाडि बस्ने बैठकमा जानु पूर्व नै तयारी गरेर जाने भन्ने उदेश्यका साथ बैठक स्थगित भएको छ" उनले मिडिया ब्रिफिङका क्रममा भने।  

मंगलबारको बैठकमा सभापति देउवाले अनुशासन समिति र निर्वाचन समिति गठन गर्ने तयारी गरेका थिए।५ सदस्यीय अनुशासन समितिका लागि दुई जना केन्द्रीय सदस्यको नाम दिन भनिए पनि वरिष्ठ नेता पौडेलले उपलब्ध गराएका छैनन्।

सभापति देउवाले अनुशासन समितिमा भीष्मराज आङदम्बे, दवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई आफ्नो तर्फबाट राख्ने तयारी यसअघि नै गरेका थिए। 

फागनु १२ गते बसेको बैठकबाट संस्थापन पक्षले महासमिति बैठकको भावना विपरीत बहुमतको आधारमा विधान पारित गरेपछि पौडेल र सिटौला समूहका नेताहरु असन्तुष्ट छन्।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC