site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेताको विश्वासमा धेरै कार्यकर्ता पार्टीमा लागेका हुन्छन् । उनीहरूले नेताकै भरमा जनतासमक्ष वाचा गरेका हुनछन् । तर, दुर्भाग्य, नेपालमा केही वर्षयता सबैभन्दा बढी विश्वासघात राजनीतिक दलका नेताहरूले गर्दै आएका छन् । यही क्रममा नेपाली कांग्रेसका नेताहरूले परिमार्जनसहित विधान स्वीकृत गर्दा महासमितिमा दिएको वचन उल्लंघन गरेका छन् । केन्द्रीय समितिको बैठकले आइतबार पार्टीको परिमार्जित विधान बहुमतबाट पारित गरेको छ । विधानमा महासमितिमा दिएको आश्वासन उल्लंघन गरिएको भन्दै अल्पमत सदस्यहरूले भने विधिवत् असहमति जनएका छन् । उनीहरूले सभापति शेरबहादुर देउवा पक्षले बहुमतका आडमा पेलेर गएकोमा चर्को असन्तुष्टि पनि प्रकट गरेका छन् । उनीहरूले महासमितिको भावनाविपरीत केन्द्रीय समतिले बहुमतका आधारमा निर्णय गर्दा पार्टीको महासमितिकै अपमान भएको पनि दाबी गरेका छन् । 

महासमितिको बैठकमा दिइएका सुझावहरूसमेत समावेश गरी विधान संशोधन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रत्यायोजन गरिएको थियो । महासमितिमा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान विधानबाट हटाउन महासमितिको बैठकमा व्यापक माग भएको थियो । यसै मागलाई सम्बोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूले महासमिति सदस्यहरूलाई विधानमा रहेको स्वतः सदस्य हुने प्रावधान हटाइने वचन दिएका थिए । पार्टीका दुवै समूहका नेताले एकै साथमा एउटै स्वरले महासमितिको बैठकलाई केन्द्रीय समितिका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान विधान परिमार्जनका क्रममा हटाइने आश्वासन दिएपछि मात्र परिमार्जनसहित विधान संशोधन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रत्यायोयन गरिएको थियो । तर, त्यही प्रत्यायोजित विधान परिमार्जन गर्दा भने पार्टी सभापति देउवा पक्षले महासमितिलाई दिएको आश्वासनविपरीत निवर्तमान केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाएन । 

स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान कायम रहे बहालवाला केन्द्रीय सदस्यहरू आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका कार्यकर्ताले नरुचाए पनि केन्द्रीय समितिको चनाव लड्न वा मनोनीत हुन पाउँछन् । अर्थात्, ‘गणेश प्रवृत्ति’का केन्द्रीय सदस्यहरूलाई पार्टीको नेतृत्वमा रहिरहन अपेक्षाकृत सजिलो हुन्छ । अर्कातिर, स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने हो भने निर्वाचन क्षेत्रबाट पार्टी कार्यकर्ताको मत लिएर चुनिनुपर्ने हुन्छ । त्यस अवस्थामा आफूलाई पार्टीका निकै प्रभावशाली ठूला नेता ठान्नेहरू तल्लोतहकै चुनावमा पराजित भएर थान्को लाग्ने जोखिम हुन्छ । यसैले नेपाली कांग्रेसको बहुमत केन्द्रीय समितिले आफूलाई सुरक्षित राख्न महासमितिका सदस्यहरूलाई धोका दिएको हुनुपर्छ । नेतृत्वको यस्तो बेइमानीले कार्यकर्तालाई भने जनतासामु मुख देखाउन मुस्किल हुनसक्छ । आफ्नै कार्यकर्तालाई धोका दिने बेइमान नेता भएको पार्टीलाई किन विश्वास गर्ने भन्ने जनताको प्रश्नको उत्तर जो उनीहरूसँग छैन । स्वतः महाधिवेशन प्रतिनिधि हुन नचाहने नेताहरू आगामी महाधिवेशनमा तलैबाट निर्वाचित भएर आए भने गणेश प्रवृत्तिका नेताहरूलाई नैतिक दबाब पर्नेछ । महासमिति सदस्यहरू केन्द्रीय समितिले दिएको धोकाविरुद्ध मुखर हुन्छन् कि सभापति देउवाले ‘हैसियत’ खोज्ने डरले आत्मसमर्पण गर्छन् ? यसैको उत्तरमा नेपाली कांग्रेसको साख र भविष्य दुवै निर्भर हुनेदेखिन्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC