site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानका विदेशमन्त्रीद्वारा सामाजिक सञ्जालमार्फत अचानक राजीनामाको घोषणा, किन मागे माफी ?
Sarbottam CementSarbottam Cement

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जाभद जरीफद्वारा सामाजिक सञ्जाल इन्स्ट्राग्राम मार्फत राजीनामाको घोषणा गरेका छन् । उनको राजीनामाको विषय इरानको सरकारी समाचार समिति इरनाले पनि पुष्टि गरेको छ । उनले आफ्नो कार्यकालमा भएको गल्तिप्रति माफी पनि मागेका छन् । 

जरिफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु संझौतामा महत्वपूर्ण भूमिका खेलेका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि सो सम्झौता रद्ध गर्ने घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

५९ वर्षिय जरिफ संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत समेत रहिसकेका छन् । इरानमा सन् २०१३ मा हसन रुहानी राष्ट्रपतिमा निर्वाचित भएपछि उनी इरानको विदेशमन्त्री रहँदै आएका थिए । उनले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै इरानका जनता र प्रशासनलाई धन्यवाद दिएका छन् । तर, उनले किन राजीनामा दिए भन्ने कुरा चाहिँ खोलेका छैनन् । 

राष्ट्रपति रुहानीले उनको राजीनामा स्वीकृत गरे वा नगरेको बारेमा भने खुलाइएको छैन । अमेरिकाले परमाणु सम्बन्धी संझौता रद्ध गरेपछि उनी इरानका कट्टरपन्थीको निशानामा पर्दै आएका थिए । संझौताका कारण इरानले आफ्नो परमाणु कार्यक्रम सिमित गर्नुपरेको थियो । (बीबीसी) 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC