site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कोइराला परिवारलाई गाली गर्ने देउवाको राजनीतिक संकार होला : शेखर कोइराला 
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेस कोइरालाहरुले मात्र नबनाएको बरु प्रजातन्त्रलाई माया गर्ने धेरैको रगतले सिंचित भएको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने,‘‘सभापति शेरबहादुर देउवालाई थाहा हुनुपर्ने हो काँग्रेस कोइरालाहरुले मात्र बनाएको पार्टी होइन । यसमा धेरै साथीहरुले योगदान गर्नुभएको छ । धेरैको रगतले सिंचित भएर काँग्रेस बनेको हो ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

काँग्रेस शेरबहादुर देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले, ‘‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन् बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु,’’ भन्दै पार्टी सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे । ‘‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’’ कोइरालाको भनाइ थियो । आफुले सभापतिको मानमर्दन नगरेको तर काँग्रेस कमजोर भएर जानुमा नेतृत्व नै असफल भएको भनि टिप्पणी गरेको बताए ।

बीपी कोइरालाले लेखेको विधान टेकेर यहाँसम्म आएको काँग्रेसले गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापना गराउँदा विश्वले वाहवाही गर्दासमेत पार्टीको विधान संशोधन गरिंदा राजनीतिक प्रस्तावनामा यसलाई नजअन्दाज गरिएको बताउँदै भने,‘‘सभापतिज्यूले बिर्सनु भएको छ तर विश्वले सम्झिरहेको छ तर यहाँ भने इतिहास मेटाउन खोजिएको छ ।’’ नेता कोइरालाले वहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफू काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताए । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनु पर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए । महासमितिले दिएको ‘म्यान्डेड’ भन्दा अलग प्रस्ताव स्वीकार्य नहुने कोइरालाको जोड छ ।

Global Ime bank

१४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउने दाउमा सभापति देउवा लागेको तर पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफूँ कार्यकर्तामाझ गईरहने बताउँदै कोइरालाले भने,‘‘काँग्रेस कमजोर भएको छ । संगठन शुन्य बराबर छ । हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कार्वाहीको कुरा गरेर भने मलाई केही भन्नु छैन ।’’ 

डा. कोइरालाले सरकार क्रियाकलापहरु जनविरोधी देखिएको टिप्पणी गरे । भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बद्नाम गर्न सरकार नै उद्धत रहेको टिप्पणी गरे । भने,‘‘वाइड बडीमा जो जो तानिएपछि कार्वाही हुनुपर्छ । अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ ।’’ उनले एनसेल प्रकरणको पनि छानबिन गरी गलत गर्नेलाई कानुनी कठघरामा उभ्याइनु पर्ने बताए ।

पछिल्लो पटक विप्लव माओवादीको गतिविधिले देश पुनः द्वन्द्वकै चरणमा फर्काउने कोसिस सुरु गरिएको बताउँदै भने,‘‘उनीहरुसँग वार्ता पनि गर्नुपर्छ र अपराध गरे कानुनी कठघरामा पनि लैजानु पर्छ । दुबै विधिबाट सरकारले समस्या समाधानको बाटो खोज्नु पर्छ ।’’ कोइरालाले मानिसको ज्यान जाने गरी घटना गराउनु हिंसा भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC