देश
काठमाडाैं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान ८ः ३० बजे बिरगन्जबाट काठमाडौ आउदै गरेको ना.७ ख. २८३५ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा बिरगन्जका जागिर अन्सारीको साथबाट अबैध लागुऔषध डाईजेपाम, फेनरागन र नुफिन गरी १ सय ४८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५ १३:१७
प्रतिक्रिया दिनुहोस्