site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राजनीतिक विवादबीच के होला भारत–पाकिस्तानबीचको खेल ?
Sarbottam CementSarbottam Cement

बीबीसी । पलुवामा हमलापछि भारत र पाकिस्तानबीचको दुस्मनीले अहिलेसम्मकै गम्भीर रुप लिएको छ । यस्तोमा आईसीसी विश्वकप २०१९ पनि संकटमा पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

इंग्ल्यान्डमा हुन लागेको १० राष्ट्रबीच हुने यस प्रतियोगितामा भारत र पाकिस्तान एकअर्काको सामना गर्दैछन् । यस्तोमा पछिल्लो समय दुई देशबीच बढेको तनावले सो खेल निर्धारण गरिए अनुसार हुन कठिन हुने देखिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।
भारतको विशेष स्रोतअनुसार पाकिस्तानसँगको खेललाई भारतले बहिस्कार गर्नसक्ने छ ।

विशेषगरी भारतीय समर्थकले यस खेलको विरोध गरिरहेका छन् । भारतले आयोजकलाई समेत पाकिस्तानलाई टुर्नामेन्टबाट प्रतिबन्ध गर्न दबाब दिइरहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डेढ महिना चल्ने आगामी विश्वकपका अन्य आठ सहभागी टिम पनि भारत–पाकिस्तानबीचको राजनीतिक विवादका कारण प्रभावित हुने डर रहेको छ । ती देशले पाकिस्तानलाई बहिस्कार गर्दै भारतको समर्थन गरे पाकिस्तानसँगको खेल सम्बन्ध जोखिममा पर्ने निश्चित छ ।
यसरी भारतीय क्रिकेटका अधिकारीहरुले पनि शुक्रबार बसेको एउटा बैठक सहभागी राष्ट्रहरुलाई आतंकवादको समर्थन गर्ने देशसँगको सम्बन्धमा कडाइ गर्न आग्रह गर्ने बताएको छ । यद्यपि १६ जुनको खेलबारे अहिले कुनै आधिकारिक निर्णय लिइएको छैन ।

भारतका प्रधानमन्त्री मोदीले समेत पाकिस्तानी हमलाको कडा जवाफ दिने चेतावनी दिएका छन् । भारतीय समर्थकहरु कप्तान विराट कोहलीलाई म्यान्चेस्टरमा हुने पाकिस्तानसँगको विश्वकप म्याच बहिस्कार गर्न आग्रह गरिरहेका छन् । यसहिसाबमा भारत–पाकिस्तानबीचको खेल सम्बन्ध राजनीतिक प्रभावकै कारण सधैं अशान्त रहँदै आएको र यसपटक पनि प्रभावित हुने देखिएको छ ।

Global Ime bank

तर, खेलको नियम अनुसार भारतले खेल बहिस्कार गरे पाकिस्तानले अङ्क प्राप्त गर्नेछ । यसकारण पनि यो विषय गम्भीरतापूर्वक हेरिएको छ किनकी भारत अंक गुमाउन चाहने छैन ।

यसरी क्रिकेटमा ‘रिफ्युज टु प्ले’ का आधारमा विपक्षीले अंक पाएको धेरै घटना छन् । २००३ को विश्वकपमा पनि इंग्ल्यान्डले खेलाडीहरुको सुरक्षाका कारण जिम्बावे यात्रा गर्न नसक्ने भएका कारण खेललाई हरारेबाट दक्षिण अफ्रिकामा स्थानान्तरण गर्न अपील गरेको इतिहास छ । तर, आयोजकबाट अनुमति नपाएपछि इङ्ल्यान्डले चार अंक गुमाउनु परेको थियो । 

यता भारतले अहिलेसम्म पाकिस्तानसँग विश्वकप खेल कहिल्यै हारेको छैन । निश्चित रुपमा भारतले यो म्याच गुमाउन पनि चाहँदैन । त्यसैले पनि खेलमा राजनीतिको प्रभाव फेरि कस्तो पर्ला भन्नेबारे धेरै महत्वका साथ हेरिएको छ ।

यसअघि सन् १९९९ मा पनि दुई देशबीचको दुस्मनी चरम बिन्दुमा पुगेको थियो । सो म्याचमा एकदमै कम रन प्रहार भएको थियो । खेलमा भारत ४७ रनले विजयी भएको थियो । तर, सो दिन कारगिलमा भएको भिडन्तमा ६ पाकिस्तानी सैनिक र ३ भारतीय अधिकारी मारिएका थिए ।

२००८ को मुम्बइ आतङ्की हमलाको घटनादेखि नै यी दुई देशले कुनैपनि क्रिकेट श्रृंखला खेलेका छैनन् । विश्वकप दौरानमा एकदविसीय र टी–ट्वान्टीमा भेट हुने गरेपनि दुईदेशबीच टेस्ट खेल नभएको ९ वर्ष भइसकेको छ ।

यसरी विगतमा पनि राजनीतिक विवादकै कारण यी दुई देशले लामो समयसम्म एकअर्का विरुद्धको खेल खेलेका थिएनन् । दुई देशबीचको सम्बन्धमा बढ्दो दुरीका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाकिस्तानी खेलाडी सहभागी हुने गरेका छैनन् । 

दुवै देशका समर्थक पनि उत्तीकै उग्र छन् । भारतले पाकिस्तानलाई क्रिकेट श्रृंखलाका लागि आमन्त्रण गर्दा चरमपन्थी दक्षिणवादी समुहले नयाँ दिल्लीको फोरोजसा कोटलाको पिच खनिदिएका थिए । त्यसैगरी, कराँचीमा भएको एउटा खेलमा समर्थकले रंगशालामै आगजनी गरेका थिए । अहमदवादमा भएको एउटा खेलमा पाकिस्तानी टिमका सबै खेलाडीले हेल्मेट लगाएर खेलेका थिए ।

यसकारण पनि पहिलेदेखि नै भारत र पाकिस्तानबीचको खेलले राष्ट्रवाद र अराजकवादको रुप लिने गरेको छ ।

यस किसिमका आक्रामक घटनाहरु समयसँगै कम हुँदै गएपनि अहिले फेरि हिंसा दोहोरिन सक्ने सम्भावना बढेको छ । यसरी म्यान्चेस्टरमा हुने यो खेल प्रतिष्ठा, सम्बन्ध र आर्थिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिएको छ । विश्वकपजस्तो ठूलो प्रतियोगिताकै सर्वाधिक प्रतिक्षित खेल रद्द हुनुले विश्वकपलाई धेरै ठूलो क्षति पुर्याउने छ । सो खेलका लागि हालसम्म पाँच लाख समर्थकले टिकटको आवेदन दिइसकेका छन् ।

प्रतियोगिताका निर्देशक स्टिभ एल्वर्थीका अनुसार विश्वकपमा हुने भारत र पाकिस्ताको म्याच खेलकुद इतिहासकै सबैभन्दा ठूलो समारोह साबित हुनेछ । यसबारेमा भारतीय सांसद तथा लेखक शशि थारुरले भनेका छन्, “खेल रद्द हुनु भारतको दुई अंक गुम्नुमात्र होइन, प्रतिस्पर्धाबीनाको पराजय हो । किनकी यो आत्मसमर्पण भन्दा पनि भयानक साबित हुने पक्का छ ।”
बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC