site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कम्पनीको बोर्डबाट बाहिरिए ट्वीटरका सहसंस्थापक 
Ghorahi CementGhorahi Cement

एजेन्सी । ट्वीटरका सहसंस्थापक एभान विलियम्सले कम्पनीको बोर्डबाट बाहिरिने घोषणा गरेका छन् । दुई वर्षका लागि ट्वीटरका प्रमुख कार्यकारी अधिकृत समेत रहिसकेका विलियम्सले अब यसै महिनाको अन्त्यमा कार्यालय छाड्ने बताइएको छ । 

उनले भनेका छन्, “कम्पनीमा बिताएको १३ वर्ष मेरा लागि अत्यन्तै उत्कृष्ट समय रह्यो र मलाई गर्व छ कि ट्वीटरले मेरै कार्यकालमा यत्तिको उपलब्धि हासिल गरिसकेको छ । तर अरु नै काममा केन्द्रित रहनुपरेपनि म ट्वीटरको टिमलाई सधैँ समर्थन गरिरहनेछु ।”

Agni Group

साथै उनले अन्य दुई संस्थापक ज्याक डोर्से र बिज स्टोनलाई पनि धन्यवाद व्यक्त गर्दै ट्वीट गरेका छन्, “मसँग यो ‘क्रेजी’ कम्पनी सुरु गरि यसलाई झन झन राम्रो बनाउँदै गएकामा तिमीहरुलाई धेरै धन्यवाद । र बोर्डका पुराना तथा नयाँ सबै सदस्यहरुलाई पनि धन्यवाद जो मेरो जीवनका सबैभन्दा विचारशील व्यक्ति हुन् ।”

यसरी उनको ट्वीटको जवाफमा कार्यकारी अधिकृत डोर्सेले पनि ‘म तिम्रो कदर गर्छु एभ’ भनि लेखेका छन् । डोर्सेका अनुसार विलियम्सकै कारण उनी ओडेओमा आबद्ध भएका थिए । ओडेओ त्यो कम्पनी हो जहाँ ट्वीटरको स्थापनाबारे पहिलो योजना बनाइएको थियो । डोर्सेले आफूहरुले अब बोर्डका छलफलमा विलियम्सको आवाज ‘मिस’ गर्ने बताएका हुन् ।  – सिएनएन
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC