site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले श्रोत व्यक्तिको काज फिर्ता र अवकास दिने सरकारी निर्णय तत्काल फिर्ता नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि समितिले स्रोत व्यक्तिहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएको हो। सरकारले कार्यकर्ता भर्ती गर्नका लागि स्रोत व्यक्तिको काज फिर्ता र अवकास दिने निर्णय गरेको आरोप समितिले लगाएको छ। स्रोतब्यक्ति समाजका पूर्व अध्यक्ष तथा संघर्ष समितिका अध्यक्ष रामबाबु ढकालले बन्दुक बोकेकाले सत्ता चलाउने तथा कलम बोक्न सिकाउनेलाई राज्यले विभेद गरेको गुनासो गरे। 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारी निर्णय विरुद्ध राजधानी केन्द्रीत आन्दोलन चर्काउने चेतावनी पनि दिए।

मुलुकभरका १ हजार ५३ श्रोत व्यक्तिमध्ये स्थायी शिक्षकबाट नियुक्त भई काजमा स्रोत व्यक्ति भएकालाई काज फिर्ता र बाँकी ७५ जनालाई अस्थायी शिक्षक सरहको सुविधा दिई काममा लगाउने निर्णय गरेपछि शिक्षा मन्त्रालयले सोही अनुसार मातहतलाई पत्राचार गरेको छ। 

Global Ime bank

संघर्ष समितिले दरबन्दी सिर्जना गरेर शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रहेकै स्थानीय तहमा स्रोत व्यक्तिको व्यवस्थापन गरिनुपर्ने माग गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC