site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘क्याप्टेन’ नचले चलचित्र उद्योग पुरानै ढर्रामा फर्किन्छः भुवन केसी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नायक तथा चलचित्र निर्माता भुवन केसीले प्रर्दशनको तयारीमा रहेको आफ्नो चलचित्र ‘क्याप्टेन’ आगामी दिनमा नयाँ विषयबस्तु उठान गर्नका लागि पनि चल्नै पर्ने बताएका छन् । आफूले नेपालमा पहिलोपटक नयाँ विषयबस्तु उठान गरेर चलचित्र बनाएको भन्दै भुवन नयाँ विषयबस्तुमा चलचित्र बनाउन प्रेरणा र हौसलाका लागि पनि ‘क्याप्टेन’ चल्नुपर्ने बताउँछन् । 

“मैले नेपालमा पहिलोपटक कसैले पनि आजसम्म नउठाएको विषयबस्तु उठान गरेर चलचित्र बनाएको छु । फुटवलको विषयलाई लिएर नेपालमा आजसम्म चलचित्र बनेका थिएनन्,” भुवन वाह्रखरीसँग भन्छन्, “आगामी दिनमा परम्परागत शैली र विषयमा मात्रै चलचित्र बनाउनु हुँदैन, नयाँ विषयबस्तु पनि उठान गर्नुपर्छ भन्ने हौसला मेकरहरुलाई दिन पनि यो चलचित्र चल्नैपर्छ ।” 

Agni Group

चलचित्र ‘क्याप्टेन’ नचले निर्माता तथा निर्देशकहरु फेरि पुरानै ढर्रामा फर्किने उनी बताउँछन् । फुटवलको विषयलाई उठान गरेर ठूलो लगानी र मेहनतले बनेको ‘क्याप्टेन’लाई दर्शकले मन नपराए आगामी दिनमा विषयबस्तु नयाँ उठाएर लगानीमा जोखिम मोल्न निर्माताहरु तयार नहुने उनको जिकिर छ । 

‘क्याप्टेन’ निर्माणमा आफूले निकै दुःख पाएको उनको भनाइ छ । निर्देशक (दिवाकर भट्टराई)सँग बसेर कथामा वर्कआउट गर्दा जति सहज भएको थियो त्यसको ठिक विपरित सेटमा कठिन भएको उनको भनाइ छ । उनले ‘क्याप्टेन’ निर्माणका क्रममा आएका चुनौतीको पूर्व आभास पाएको भए बनाउन सुरु नै नगर्ने पनि बताए । “हामीले सुरुमा कथामा काम गर्दा जसरी अन्य चलचित्र जस्तै सजिलो होला भन्ने ठानेका थियौं । काम गर्दै जाँदा निकै ठूला चुनौती सामना गर्नुपर्यो,” उनले भने, “मैले यती गाह्रो हुन्छ भनेर पहिला थाहा पाएको भए यो चलचित्र नै बनाउने थिइन ।”

Global Ime bank

चलचित्र निर्माणका क्रममा उनले अहिलेसम्म ‘क्याप्टेन’ बनाउन जस्तो कठिन कहिले पनि नभएको बताए । यद्यपि काम सुरु गरिसकेको र केही नयाँ तथा चुनौतीपूर्ण कार्यले चलचित्र उद्योगलाई फाइदा पुग्छ भन्ने अपेक्षाले पछि नफर्किएको भुवन बताउँछन् । उनले चलचित्र उद्योगमा आफ्नो लामो अनुभव र थुप्रै क्षेत्रका व्यक्तिसँग सम्बन्ध भएकाले पनि चलचित्र निर्माण सम्भव भएको उनले सुनाए । 

“मलाई रियल फुटवल प्रशिक्षक चाहिएको थियो अनमोल र चलचित्रका अन्य कलाकारलाई फुटबल खेल्न सिकाउन र फुटवल अनुशासनका लागि । हरि खड्कासँगको चिनजानले सहज भयो । यस्ता थुप्रै साथ र सहयोग छ यो चलचित्रमा यदी यो चलचित्र अरु कोही नयाँ मेकरले बनाएको हुन्थ्यो भने कम्तिमा १० करोड रुपैयाँ लाग्ने थियो ।” 

चलचित्रमा फाइनल अगाडिका खेल खेलाउन अरु नै कोही व्यक्ति हुँदा फरक नपरेपनि फाइनलमा भने राष्ट्रिय खेलाडि नै चाहिने र त्यसका लागि खेलाडी जुटाउन निकै कठिन भएको उनले सम्झिए । “फाइनलमा मलाई जसरी पनि राष्ट्रिय खेलाडी मैदानमा उतार्नुपर्ने थियो । तर सबैको एकैपटक समय नमिल्ने एउटाको मिले अर्को विदेश पुगेको हुने,” भुवन ‘क्याप्टेन’को सुटिङ सम्झिन्छन्, “एउटा पनि अन्तर्राष्ट्रियस्तरको स्टेडियम नभएको देशमा हामी अन्तर्राष्ट्रिय खेल चलचित्रमा देखाउँदै थियौं । अन्तर्राष्ट्रियस्तरको स्टेडियम नभएको पीडा हामीले पनि भोग्यौं । यस्तैयस्तै कुुराले बेलाबेलामा हामीले यो कथामा किन चलचित्र बनायौं भन्ने लागिरहन्थ्यो ।”

भुवन केसीको निर्माण चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गते रिलिज हुँदैछ । चलचित्रमा अनमोल केसी नेपाली फुटवलको राष्ट्रिय टोलीको टिम क्याप्टेनको भूमिकामा देखिँदैछन् । चलचित्रमा देखाइने फुटवल खेलेको कोच पर्दापछाडि हरि खड्काले गरेका थिए । खड्का नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व क्याप्टेन हुन् भने हाल उनी राष्ट्रिय महिला फुटवल टोलीका प्रशिक्षक हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC