site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ साप्ताहिक राशिफलः मध्यम साता 
Sarbottam CementSarbottam Cement

२०७५ फाल्गुन ११ –  १७ गतेसम्म 

फाल्गुनकृष्ण चतुर्थी – दशमीसम्म 

१४ गते अष्टमीव्रत, गोरखकालीपूजा, 

Prabhu Bank
Agni Group
NIC Asia

मेषः साताको पूर्वार्धका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु परास्त हुनेछन् । रवि, सोमबार व्यापार व्यवसाय र पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

वृषः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । मंगल, बुधबार तुलनात्मक रुपमा सुखद रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

Global Ime bank

मिथुनः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । चिन्ता बढ्नेछ । मंगल, बुधबार शत्रु पराजित हुनेछन् । बृहस्पति, शुक्रबार औद्योगिक कार्यदिशा प्रवद्र्धित हुने देखिन्छ । 

कर्कटः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक कार्यक्रममा सहभागी भइनेछ । यश, मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार चिन्ता प्रधान रहनेछ । बृहस्पति, शुक्रबार आटे ताकेको काम सजिलै बन्नेछ । 

सिंहः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । रवि, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । कीर्ति बढ्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

कन्याः साता मिश्रित प्रायः रहनेछ । शनिबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । रवि, सोमबार वाक्शक्ति र अर्थशक्तिमा कमी आउन सक्छ । मंगल, बुधबार निर्णायक कामको जिम्मा बढ्नेछ । सामाजिक सद्भाव मिल्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

तुलाः साता सरदर खालको रहनेछ । शनिबार मुख्य काममा व्यवधान आउन सक्नेछ । रवि, सोमबार उपयुक्त अवसर प्राप्त हुनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । नयाँ काम पाइनेछ । 

वृश्चिकः साता मिश्रित रहनेछ । शनिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । रवि, सोमबार खर्चिलो रहन सक्नेछ । मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । बृहस्पति, शुक्रबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । 

धनुः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार आटेको काममा सफलता मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फबाट फाइदा हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्यवृद्धि हुनेछ । 

मकरः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा व्यवधान आउन सक्नेछ । रवि, सोमबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । मंगल, बुधबार लाभदायक काम बन्नेछ। बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

कुम्भः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । 

मीनः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार अत्यन्त सुखद र रमाइलो रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार स्वास्थ्य शिथिल रहनेछ । बृहस्पति, शुक्रबार सम्मानित भइनेछ । 
    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC