site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जेब्राको छलामा किन हुन्छन् काला र सेता धर्सा ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । सेतो र कालो धर्सायुक्त छालाको बनावटले नै जेब्रालाई अन्य जनावर भन्दा आकषर्क बनाउँछ । तर सौन्दर्य बढाउन बाहेक यसले अन्य के काम गर्छ भन्ने विषय भने लामो समयदेखि विवादित रहँदै आएको छ । यसबारेमा वैज्ञानिकहरुले आफ्नो शत्रुबाट लुक्न या चिसो रहन अथवा विपरित लिङ्गलाई आकर्षित गर्न भनि विभिन्न अनुमान लगाउँदै आएका छन् । तर क्यालिफोर्नियास्थित युनिभर्सिटी अफ ब्रिस्टोलले हालै गरेको अनुसन्धानपछि भने यस प्रश्नको वास्तविक जवाफ पत्ता लगाइएको हो । 

वास्तवमा जेब्राको छालामा हुने कालासेता धर्साले तिनलाई परजीवीबाट बचाउने गरेको बताइएको छ । यी धर्साहरुले रगत चुस्ने किराहरुको नजरलाई भ्रममा पार्न सक्नेबारे पत्ता लगाइएको हो । यसले विशेषगरी जीवजन्तुलाई टोक्ने प्रजातिको झिँगाबाट बचाउने बताइएको छ । 

Agni Group

यसरी यो नतिजा प्राप्त गर्नका लागि अनुसन्धानकर्ताहरुले घोडालाई पनि जेब्राको जस्तै प्रिन्ट भएका कपडा लगाइदिएका थिए । यस क्रममा पहिले त घोडा र जेब्राहरुलाई एकैठाउँमा राखि किरालाई तिनीहरुतर्फ छाडिएको हो । यसबीच किराहरु जेब्रा र घोडा दुवैतर्फ समान रुपमा आकर्षित भएको देखियो । तर बिस्तारै यस क्रममा वैज्ञानिकहरुले एउटा अनौठो कुरा अवलोकन गरे । घोडातर्फ गएका किराहरुले तिनलाई टोक्न थालिसकेका थिए तर यता जेब्रालाई टोक्ने जाने किराहरु भने तिनको शरीरसँग ठोक्किदै टोक्न असफल भइरहेका थिए । जसपछि जेब्राको नजिक पुग्दा किराहरुले तिनीहरुमाथि राम्ररी हमला गर्न नसकेको पत्ता लगाइएको हो । यसरी जेब्राका धर्साहरुले किराको दुश्य प्रणालीलाई अवरोध गर्ने गरेकाले नै तिनले जेब्रालाई टोक्न नसकेको निष्कर्ष निकालिएको छ । 

यस्तोमा यो कुरालाई फेरि पनि प्रमाणित गर्न घोडालाई जेब्राको प्रिन्टको कपडा ओढाइएको हो । यसमा जेब्राको प्रिन्टवाला कपडा ओढ्ने घोडा वरपर अन्य घोडा भन्दा कम किराहरु उडिरहेको पाइएको हो । यसरी वास्तवमै यो तरिका प्रभावकारी साबित भए जीवजन्तुलाई जेब्राको जस्तो कपडा लगाइदिने चलन बढ्दै जान सक्ने बताइएको छ । रगत चुस्ने किराहरुले संक्रमण फैलाउने गरेको हुँदा यो तरिका धेरै किसानका लागि उपयोगी हुन सक्ने बताइएको छ ।  फक्स न्युज

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC