site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बम विस्फोटमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न विवेकशील नेपालीको माग 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विवेकशील नेपाली दलले  गए राति काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोटलगायत हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील नेपाली दलले विस्फोटको घटनामा संग्लनहरुको तत्काल  पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

“ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ,” विवेकशील नेपाली दलले विञप्ती जारी गर्दै भनेको छन्, “बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका छन् । यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहिले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पूरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ ।”  

Agni Group

उसले आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न आग्रह गर्दै सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवजहरुलाई वार्ता र संवादद्वारा सुनुवाइ गर्न अनुरोध गरेको छ । यस्ता घटनालाई राजनीतिको संज्ञा दिएर, दोषीलाई राजनैतिक संरक्षण गरिनु विधिको शासनको वर्खिलाप हुने विज्ञप्तीमा उल्लेख छ । 

“यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी छ,” विवेकशील नेपाली दलले भनेको छ, “ शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरूलाई कार्यकुशलताका साथ कानुनको परिधिभित्र रही परिचालन गर्न पनि आग्रह गर्दछौँ ।”

Global Ime bank

विवेकशील नेपाली दलले एनसेल कर प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो फैशलालाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गर्दै कर प्रकरणलाई लम्ब्याउन संग्लनहरुको पहिचान गरी कारबाही गाए पनि सरकारसँग आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC