site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पीडित जनता र ओलीको फाटेको मन प्रचण्डले सिउन सक्लान् ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ‘मेरा मित्र (पुष्पकमल दाहाल) को मन फाटेको, चित्त काटिएको, कमलो मन दुःखेको, चित्त नबुझेको अनेक कारणले रहेछ । मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरैपल्ट सिउने कोशिस गरें । मैले एकल र सामुहिक रूपमा पनि कहिले बेलुका, कहिले बिहान, कहिले रात अबेरसम्म कहिले दिउसै धेरैपटक उहाँको मन तुन्ने काममा विताएको छु । तर भयो के भने आज तुनेर/जोडेर पठाउँछु भोलीपल्ट विहान आउँदा अर्कोपट्टी फाटेको छ । फेरि तुनेर÷जोडेर पठायो अर्कोतिर फाटेको छ ।’
 
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका–संसद्को बैठकमा अविश्वास प्रस्तावमाथि उठेको प्रश्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको जवाफ हो यो ।
 
१ घण्टा ५२ मिनेट लगातार सम्बोधन गरेका ओलीले अधिकांश समय प्रचण्डमाथि नै प्रहार गरेर विताएका थिए ।
जुन सर्वसाधारण सबैको चासोको विषय थियो । प्रचण्डले अविश्वास प्रस्ताव दर्ता गराउँदा ओलीमाथि लगाएका आरोप ओलीले कसरी फर्काउलान् भन्ने आमचासोको विषय थियो । शालिन ढंगले ओलीले एक एक गरी प्रचण्डको जवाफ दिए । कतै व्यंग्य, कतै आक्रोश त कतै चिन्ता मिश्रित सम्बोधन सकेपछि ओली आफ्नो सिटमा बस्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग केहीबेर हात मिलाए । त्यो दृष्य पनि आम चासोको थियो । 
अविश्वास प्रस्ताव पेस गर्दै प्रचण्डले ओली परिवर्तन विरोधी भएको, संघीयता, गणतन्त्र, समानुपातिक÷समावेशी प्रतिनिधित्व स्वीकार गर्न नसक्ने खालका नेता भएको बताएका थिए ।
त्यसका जवाफ पनि ओलीले कडैसँग दिएका थिए । उनको जवाफ थियो,‘ मित्रले हौसियर मलाई गणतन्त्रको पक्षमा पनि थिएन, संघीयताको पक्षमा पनि थिएन भन्नुभयो । मैले राजतन्त्रविरुद्ध संघर्ष गर्दा साथीहरू कहाँ हुनुहुन्थ्यो ? साथीहरु म जेलमा गणतन्त्रका कुरा गर्दा साथीहरू कापी कलम बोकेर कुन स्कुलमा पढ्दै हुनुहुन्थ्यो ?”
तीन दिनसम्म संसद्मा सांसदहरूले उठाएको जवाफ दिन उभिएका ओली पुरै प्रचण्ड लक्षित थिए ।
उनले प्रचण्डले उठाएका सबै विषयमा सकेजति जवाफ दिए । त्यतिमात्रै होइन, ओलीले भोलीका दिनमा प्रचण्डले काम गर्न नसक्ने जनाउ पहिले नै दिए ।
‘यसपछि सहकार्य गर्ने साथीहरूलाई यसका अनुभव पनि काम लागुन् । होसियार गर्नुहोला, याद गर्नुहोला । एक माघले जाडो जाँदैन,’ ओलीको भनाइ थियो ।
 
-ओलीले आफूले अघि सारेका बृहत विकासका परियोजनाका बारेमा पनि चिन्ता व्यक्त गर्दै तिनीहरूको भविष्यका बारेमा स्पष्ट हुन चाहे । नेपाल सरकारले आफैंले बनाउने गरि बजेट छुट्याएको, काठमाडौं–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ?
 
-हामीले प्रस्ताव गरेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?
 
-आफै बनाउने गरी कार्यक्रम अगाडि सारिएको वर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?
 
यस्ता सातवटा प्रश्न अघि सार्दै ओलीले चिन्ता व्यक्त गरे । ओलीले सरकारबाट बहिर्गमन हुँदा कुनै चिन्ता नरहे पनि यस्ता आयोजनाको भविष्य के होला  ? भन्ने प्रश्न उठाए । ओलीका यस्ता प्रश्न र आफूलाई व्यंग्य गरिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका हुन्थे । 
राष्ट्रवादी सरकारको छवी बनाएको, विकासका खाका अघि सारेको, छिमेकीको दवावमा पनि नझुकेको, गलत कुरामा सम्झौता नगर्ने छवी ओलीले बनाए ।
तर, उनले मधेस समस्याको समाधान गर्न सकेनन् । संविधान जारी गरेको वर्षदिन वित्न लाग्दासमेत त्यसबाट असन्तुष्ट देखिएका समूह बरु बढ्दै गए घटेनन् ।
सत्ता साझेदार तथा विपक्षीको आवाज त उनले सुन्ने प्रयास समेत गरेनन् । त्यसैले पनि उनको विकल्प खोज्नुपरेको हो । यो कुरा अविश्वास प्रस्तावका प्रस्तावकर्ता प्रचण्ड स्वयम्ले संसद्मा भने ।
“उहाँले म आफैं पूर्ण छु जस्तो गर्नुभयो । यो संयुक्त सरकार हो । केही प्रतिवद्धतासहितको सरकार हो भन्दा पनि एकल सरकार हो भन्ने उहाँमा महसूस भयो,” प्रचण्डको भनाइ थियो,“उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखियो । सरकारभित्रका पार्टीहरुको समस्यालाई सामुहिक ढंगले समाधान गर्ने भन्दा उपयोग गर्नेतिर उहाँ चल्नुभयो । त्यो एकताको निम्ति बाधक हुने त होइन भन्ने भएर हामीले अविश्वास प्रस्ताव ल्याएका हौं ।”
ओलीमाथि छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन नसकेको आरोप लाग्दै आएको थियो । 
प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक दलका सांसदहरूले उठाएको जवाफ दिँदै भनेका थिए,“तीव्र आर्थिक विकास र नेपालको आत्मनिर्भरतामा महत्वपूर्ण योगदान दिने केही दूरगामी सम्झौता र सहमतिहरू गरेका छौँ । दक्षिणतिरबाट होस् वा उत्तरतिरबाट नेपालको पहुँच समुद्रसम्म सिधै पुग्ने भएको छ । यसरी हिमालयपार आर्थिक कारोबार संभव मात्रै होइन छिटो र सस्तो पनि हुँदैछ । यी दूरगामी महत्वका उपलव्धि हुन् । म त यी उपलब्धिहरुका जस सिङ्गो राष्ट्रसँग बाँडचुँड गर्न चाहन्थें । आश्चर्य, अविश्वासको प्रस्तावका प्रस्तावक माननीय सदस्यले ती उपलव्धिहरूलाई नकार्नुभयो । केही समय अगाडिसम्म यिनै कुराहरू उपलव्धि, प्रशंसायोग्य उपलव्धि हुने, आज सरकारबाट हट्नासाथ उही नजरमा तुच्छ कसरी ?”
त्यसैगरी ओलीले अर्को शान्ति प्रक्रियाप्रति गरिएको आशंका र एमालेको भूमिकाका बारेमा पनि प्रश्न उठाएको भन्दै चिन्ता व्यक्त गरे । ओलीको प्रचण्डलाई जवाफ थियो,–“शान्ति प्रक्रियामा मेरो र हाम्रो पार्टीको भूमिकाको विषयमाथि प्रश्न उठाउने चेष्टा भएको छ । सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने मित्रहरूमध्ये एकथरी बन्दुकद्वारा नै राज्यसत्ता कब्जा गर्छु भन्ने मान्यतामा हिँडिरहनुभएको थियो । अर्काथरी टाउकोको मूल्य तोक्दै बन्दुकबाटै ठेगान लगाउँछु भन्दै हिँड्नुभएको थियो । एउटा बिन्दुमा युद्ध उन्मादमा रहेका सबैलाई बोध भयो– बन्दुक समस्याको समाधान होइन रहेछ । सबैको प्रयासबाट नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ । अस्ति प्रस्तावक माननीयले शान्ति प्रकृयामा मेरो पार्टी र हाम्रा नेताहरुले मोल्नु भएको जोखिमका बारेमा खुदै बयान दिनुभयो ।”
भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाई लगायतका विषयमा प्रचण्डलाई ओलीले गतिलै जवाफ फर्काए ।
अप्रत्यासित घटना नहुने हो भने अबको १५ दिनभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको पदमा आसिन हुनेछन् ।
सबैभन्दा पहिला उनले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता गरेर सबैलाई सहमत गराउनुपर्नेछ ।
मधेसवादी, आदिवासी÷जनजाती, थरुहट लगायत २९ दल अहिले पनि संविधानसँग असन्तुष्ट देखिएको छ ।
त्यसपछि भूकम्पपीडितलाई राहत र आवासको व्यवस्था गर्नु हो । प्रचण्डले केहीदिन अघि दोलखा पुगेर आफू प्रधानमन्त्री भए पीडितलाई पाँचलाख रुपैयाँ दिने प्रतिवद्धता गरेको धेरै दिन वितेको छैन । पीडित जनताले यसलाई सम्झिएर बसेका छन् ।
त्यसपछि ओली नेतृत्वको सरकारले अघि सारेका विकासका आयोजनालाई निरन्तरता, चीनसँग गरेको सम्झौता कार्यान्वयन अर्को महत्वपूर्ण र गर्नैपर्ने विषय हो ।
सरकारमा सहभागी राजनीतिक दलसहित विपक्षमा बस्न लागेका नेकपा एमाले र राप्रपा नेपाल लगायतका राजनीतिक दललाई सहमतिको बाटोमा ल्याएर चुनावको मिति घोषणा गरि तयारी थाल्नुपर्ने प्रचण्डका प्राथमिकतामा पर्नुपर्नेछ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC