site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीएलमा उपाधिका लागि अत्तरिया र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदै 
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) ३ को उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं गोल्डेन्सले शुक्रबार दोस्रो क्वालिफायर्स बहिष्कार गरेपछि महेन्द्रनगरले स्वतः फाइनलमा प्रवेश पाएको थियो । आफ्ना खेलाडी अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले अन्तिम समयमा आएर खेल बहिष्कार गरेको थियो । पहिलो क्वालिफायर्समा काठमाडौंलाई ४१ रनले हराएर अत्तरिया फाइनल पुगेको थियो ।

महेन्द्रनगरले भने रुपन्देही च्यालेन्जर्सलाई बिहीबार १ रनको झिनो अन्तरले हराउँदै क्वालिफायर्समा स्थान बनाएको थियो । फाइनल खेल्न पाउनु राम्रो भएपनि जुन तरिकाले उपाधि होड पुग्दा मजा नआएको महेन्द्रनगरका कप्तान शरद भेषावकरले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले डीपीएलमा टोलीले राम्रो प्रदर्शन गरिरहेको र फाइनलमा पनि बिना दबाब खेल्ने बताए । उनले भने, “यसपटक जसरी हामी खेलिरहेका छौं । यसका आधारमा जित्छौं भन्नेमा आशावादी छौं ।”

शरदले हरेक टोलीको लक्ष्य उपाधि जित्ने भएजस्तै आफ्नो पनि त्यहि रहेको बताए । उनले कुनै एक खेलाडीमा भन्दा पनि टोलीका सबैको सामूहिक प्रदर्शनमा उपाधि जित्ने विश्वास व्यक्त गरे । अत्तरियाले राम्रो खेलि रहेको छ । कुनै पनि टोलीले उपाधि जित्नु छ भने च्याम्पियन टोलीलाई हराउनै पर्छ, शरदले भने, राम्रो क्रिकेट खेल्नुपर्छ,दुबै टोलीलाई फाइनलमा दबाव हुन्छ । सहि समयमा सहि क्रिकेट खेल्न सक्यौं भने उपाधि जित्ने छौं । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC