site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘महिन्द्रा उत्सव’ आजदेखि सुरु, महिन्द्राका सबै उत्पादन एकै छानामुनि पाइने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महिन्द्राको ‘महिन्द्रा उदय–२०१९’ सुरु भएको छ । कम्पनीले नेपालका पार्टनर संस्थाहरुको सहकार्यमा नेपालमै पहिलोपटक एकै छानामुनि सबै उत्पादन उपलब्ध गराएको हो ।
महिन्द्रा एन्ड महिन्द्राले नेपालस्थित आफ्नो विक्रेता तथा वितरकहरु अग्नी इन्कर्पोरेट, एमभी दुगड र स्वराज पार्टनरसँग सहकार्य गर्दै मेला आयोजना गरेको हो । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गरिन् ।
मेलाको उद्घाटन गर्दै महासंघका अध्यक्ष राणाले महिन्द्रालाई नेपालमै एसेम्बल गर्न सुझाव दिइन् । उनले लगानी गर्न सक्ने व्यावसायिक समूहले महिन्द्रा ल्याएका कारण नेपालमै पार्टपूर्जा जोड्न आग्रह गरेकी हुन् ।
मेलामा महिन्द्रा एन्ड महिन्द्रा, भारतका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अपरेसन सञ्जय जाधब विशेष अतिथिको रुपमा आएका थिए ।
कम्पनीले मोबिलिटि सोलुसनअन्तर्गतका सबै रेन्जका साधन मेलामा उपलब्ध गराएको छ । मेलामा दुई पांग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीजन्य उत्पादन तथा हेभि एक्युपमेन्ट उपलब्ध छन् ।
नेपालमा पहिलो पटक यस्तो लाइफस्टाइल अटो शोको आयोजना भएको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको मेला आइतबार सकिनेछ । यस मेलामा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका उत्पादन (टु–ह्वीलर, प्यासेन्जर भेइकल, ट्रक बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टर)को प्रदर्शनी गरिएका छन् ।
मेला आयोजक तथा अग्नी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार महिन्द्राले आफ्ना सबै उत्पादन सर्वसाधारणलाई एकैपटक देखाउन मेला आयोजना गरिएको हो ।
मेलालाई थप जीवन्त बनाउन संगीत, कलाकारहरुको लाइभ प्रस्तुती तथा खानाहरुको स्टल पनि व्यवस्था गरिएको छ । यसकारण यो मेला नभएर उत्सव भएको आयोजकको दाबी छ ।

मेलाका केही आकर्षण
– नेपालमा पहिलो पटक महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरुको उद्घाटन तथा प्रदर्शनी
– नेपालमा पहिलो पटक हेभि कमर्सियल भेइकलअन्तर्गत ब्लाजो २५ ट्रक तथा मझौला कमर्सियल भेइकलअन्तर्गत फ्युरीयोको उद्घाटन तथा प्रदर्शनी
– महिन्द्राको युुभो ४१५ र जीयो २४५ ट्याक्टर उद्घाटन तथा उद्घाटन
– मास मार्केट इलेक्ट्रिक कार ई टु ओ र ई भेरिटोको प्रदर्शनी
– महिन्द्राको एक्सयुभी ५००, टीयुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पांग्रे ई–अल्फाको पनि प्रदर्शनी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC