site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षकको अपराध धन्दा, कार लुट्न चालकको हत्या
Sarbottam CementSarbottam Cement

विराटनगर । मानिसको ‘मति बिग्रिपछि कसैको केही लाग्दैन’ भन्ने बूढापाकाको भनाइलाई चरितार्थ गर्दै चिनजानकै गाउँले युवाको हत्या गर्ने एकजना अभियुक्त १० वर्षपछि प्रहरीको फन्दामा परेका छन् । हत्यापछि भारत भास्सिएका उनलाई नेपाल प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेर मुद्दा चलाउन मोरङ ल्याएको छ ।

प्रहरीका अनुसार झापा साविक गरामनी गाविस वार्ड नम्बर २ हाल बिर्तामोड नगरपालिकाका ४ बस्ने ४३ वर्षीय शरण भट्टराई पोखरमा अध्यापन पेशा गर्दथे । श्रीमती र एक छोरा थिए । २०६० सालदेखि पोखरकाको आलुमाईला माले चोकमा डेरा गरी अन्नपूर्ण उच्च मावि र कसमस इन्टरनेश्नल कलेज पोखरामा अध्यापन पेशा गराउँदै आएका उनको ‘मति बिग्रियो’ । पैसाको लोभले आफ्नै गाउँका युवकको हत्या गरेर ६५ हजार रुपैयाँ बोकी श्रीमती र छोरो च्यापेर भारत भास्सिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटना २०६५ सालको हो । बिदामा चैत २९ गते उनी पोखराबाट नाईट बसमा भोलिपल्ट झापा आइपुगे । घर आएको केही समयपछि प्यान्क्रियाजको समस्या भयो । उपचार गर्न पारि भारतको पानीट्याङ्की गए । निद्रा लाग्नेसहित अन्य औषधि किनेर फर्किए । २०६५ चैत ३१ गते बिहान बिर्तामोड आए । 

गाउँकै युवा बिर्तामोड ४ का दिपक पाण्डेलाई मोबाइलमा फोन गरे । ९ः३० बजे बिर्तामोडबाट इटहरीतर्फ हिँडे । तर, पथरी बजार आइनपुग्दै उनको मन बदलियो । शरण भट्टराईले झोलाबाट निद्रा लाग्ने औषधि मिसाएको कोकाकला झिकी आफूले पिएजस्तो नाटक गरे । अनि दिपकलाई पनि खुवाए । कानेपोखरी आइपुग्दा दिपक रिगंटा लाग्यो भनि सवारी चलाउन नसक्ने अवस्थामा पुगे । त्यसपछि आफै सवारी चलाए ।

Global Ime bank

गाडीलाई भाउन्ने जंगल नजिकैको चौरतर्फ लगे । पानी छर्कदा दिपक बोलेनन् । बिर्तामोडबाट हिँडेको दुई घन्टामै गाडीभित्र रहेको दाउले मृतकको घाँटीमा दुई पटक प्रहार गरे । दिपकको इहलिला त्यहीँ समाप्त भयो । हत्याको उद्देश्य मृतकले चलाएको को १ च ३८५० नम्बरको मारुती कार लुटी बिक्री गरी पैसा कमाउने मात्र रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । एसपी मनोज केसीले भने, ‘‘कार लुट्ने र पैसा कमाउने उद्देश्य नै देखिन्छ ।’’

हत्यापछि कार आफैले चलाएर शरण पोखरातर्फ लागे । दिपकको हत्याले परिवारमा रुवासासी चल्यो । नयाँ वर्षकै अघिल्लो दिन भाइ गुमाउनु पर्दा दाजु रेवत पाण्डे र उनको परिवारमाथि बज्रपात हुन पुग्यो । प्रहरीमा जाहेरी दिए । तर, शरण फेला परेनन् । उनीहरु न्याय पाउने आसमा दिनमात्र कुरेर बसेका थिए ।

नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेकै अवस्थामा गत फागुन ७ गते शरण झापाको काँकडभित्ताबाट पक्राउ परे । उनलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले शुक्रबार फरार अभियुक्तलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘‘अपराध लुक्दैन । अपराधी फेला पर्छन् । पीडितले न्याय पाउँछन् । यो घटनाबाट यही पुष्टि भएको छ ।’’
  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC