site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हर्नमा कडाइ गर्दै ट्राफिक प्रहरी, एकैदिन दुई सयभन्दा बढी कारबाहीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपत्यकामा हर्न बजाएर यात्रा गर्दै हुनुहुन्छ ? हो भने कारवाहीमा परिएला ! पछिल्लो समय हर्न बजाउने सवारी साधनविरुद्ध महानगरीय ट्राफिक महाशाखाले कारवाही प्रक्रिया तीव्र पारेको छ । महाशाखा र काठमाडौं प्रशासनले ०७४ वैशाख १ गतेबाट काठमाडौं उपत्यकाभित्र हर्न पूर्ण रुपले निषेध गर्न वातावरण विभागलाई सिफारिस गरेको थियो । 
ध्वनीको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरित ध्वनी प्रदूषण गर्ने सवारी साधनहरुलाई कारवाही गर्ने कानुनी व्यवस्था रहेको महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए । ध्वनी प्रदूषण गर्ने सवारीमाथी ५०० रुपैयाँसम्मसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान छ । ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षमा मात्रै ५४०० सवारी साधनमाथी कारवाही गरेको छ । 
बिहीबार मात्रै महाशाखाले उपत्यकाका विभिन्न स्थानमा हर्न बजाउने २१३ सवारी साधनमाथी कारवाही गरेको छ । यस्तै आर्थिक वर्ष ०७३–०७४ मा ९६६३ सवारी साधनमाथी कारवाही भएको थियो भने ०७४–०७५ मा १५४०५ सवारी साधनमाथी कारवाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले ध्वनी नियन्त्रण गर्न उपत्यकाभित्र गुड्ने तथा उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधनहरुमाथि निगरानी राख्दै आएको एसएसपी पन्तले बताए । ‘‘हामीले हर्नविरुद्धको कारवाही तिव्र पारेका छौं । मोड तथा घुम्तीहरुमा बाहेक हर्न बजाउन निषेध छ,’’ एसएसपी पन्तले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC