site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कीर्तिपुरमा बाल साहित्य महोत्सव हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मूलतः बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले क्रिएटिभ एकेडेमी, कीर्तिपुर नगरपालिकाले कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त प्रयासमा एक दिने “दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव– २०७५” आयोजना गर्ने जानकारी गराएको छ ।

पठन संस्कृतिको विकासले बालबालिकाहरूको आत्मनिर्भरतामा, तार्किक क्षमता, सिर्जनात्मकता तथा शैक्षिक उन्नयनमा सहयोग पुग्नुका साथै समाज र सिङ्गो मुलुकलाई सकारात्मक टेवा पुग्ने विश्वास आयोजकको रहेको छ ।गत वर्ष आयोजना गरिएको पहिलो बाल साहित्य महोत्सवमा झण्डै ६ हजारभन्दा बढीले अवलोकन गरेको कार्यक्रममा जानकारी गराइएको थियो । यो वर्ष त्यो आँकडा बढेर जाने विश्वास आयोजक समितिको रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यही फागुन १८ गते शनिवार, क्रिएटिम स्कूल परिशर, कीर्तिपुरमै आयोजना हुने सो महोत्सवमा विभिन्न श्रोत व्यक्तिहरूबाट कथालेखन, निबन्ध लेखन लगायतका कार्यशालाहरू सञ्चालन गरिने पनि जनाइएको छ । उक्त कार्र्यशालाहरूबाट हाम्रा बालबालिकाहरूले नयाँ कुरा सिक्ने र आफूलाई थप परिमार्जित गर्ने अवसर प्राप्त गर्ने बताईएको छ । 

    यो वर्ष महोत्सवको मुख्य आकर्षणको रूपमा वाङमय शताब्दी पुरूष  तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई विशेष सम्मान गरिने पनि जनाइएको छ । महोत्सवमा साङ्गीतिक, काव्य गोष्ठि, “डम्वरी” नामक नाटक मञ्चन, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्र्चा, नाटकका कार्यशाला लगायतका कार्यक्रमहरू हुने महोत्सबका संयोजक खगेन्द्र गौतमद्वारा प्रेशित वक्तव्यमा जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC