काठमाडौं । आईसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा युनाइटेड अरब इमिरेट्स युएईले नेपाललाई ४२ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको युएई १७.३ ओभरमा ४१ रन जोड्दा अलआउट भयो ।
युएईकी चामनी सिनीभिरत्नाले १३ रन रन बनाइन् । नेहा शर्माले ६, इशानी र काभिसले ४–४ रन जोडे । नेपाली खेलाडीको कसिलो बलीङसामु युएईका खेलाडीले गतिलो रन बनाउन सकेनन् । नेपाली नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । ३.३ ओभर बलिङ गरेकी नेरीले ६ रन खर्चिदै ४ विकेट लिइन् । सिता रानामगर, कबिता कुँवर र सोनु खड्काले २–२ विकेट लिए ।
४२ रनको लक्ष्य पछ्याएको नेपाल जवाफी ब्याटिङ गर्दैछ । यसअघि दोस्रो खेलमा नेपाल बिहिबार घरेलु टोली थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो ।