site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले जब पत्नी राधिकालाई गुराँसको फूल दिए ....
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार  दहचोकमा आयोजित कालु पाण्डेको समाधिस्थलमा आफ्नी धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल प्रदान गर्दा त्यहाँको वातावरण रमाइलो भयो ।  बिहीबार शुरु भएको त्स्रो इन्द्र दह पर्यटन महोत्सवमा प्रधानमन्त्रीले धर्मपत्नी राधिका शाक्यलाई गुराँसको फूल दिएका हुन्  । सर्वसाधारणले दिएको गुराँसको फूल प्रधानमन्त्रीले पत्निलाई दिँदा  त्यहाँ रहेका बालबालिकाहरु मुस्कुराएका थिए । 

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीको लागि तिर्थस्थल भएको बताएका थिए । उनले त्यहाँ आयोजित पर्यटन महोत्सवको उद्घाटन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधामन्त्री ओलीले  पाण्डेको पूर्णकदको सालिक अनावरण समेत गरेका थिए । हरेक बर्ष प्रधानमन्त्री ओलीले सो ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । चन्द्रागीरी नगरपालिका १ का रहेको सो ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ । यसैगरी  प्रधानमन्त्री ओलीले गतबर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेकोमा यस बर्ष काम धमाधम काम भइरहेको बताइएको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने विहीबारको कार्यक्रममा बताएका थिए । नेपाल एकिकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकिकरणका लागि जीवन आहुती दिएर  असाधारण योगदान गरेको प्रधानमन्त्री ओलीले सो अवसरमा बताए ।

Global Ime bank

“हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले सो अवसरमा भनेका थिए, “राष्ट्रको पहिचान र राष्ट्रको रक्षाका निम्ति त्यो एकिकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC