site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले साँच्चै रोक्न सक्छ त पाकिस्तान जाने पानी ?  चीनले उतै नदी रोकिदियो भने के हुन्छ ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतले पाकिस्तान जाने तीन वटा नदीको पानी रोक्ने निर्णय गरेको कुराले बिहीबार सनसनी फैलियो ।  त्यसलाई काश्मीरमा हालै आतंकवादी समूहले भारतीय सुरक्षाकर्मीलाई गरेको आक्रमण र हत्याको विरुद्धमा भारतले कडा कदम चालेको भन्दै भारतीय सञ्चार माध्यमले संघीय जलश्रोत मन्त्री नीतिन गडकरीलाई उद्धृत गरेर समाचार दिएका थिए । 

तर, बिहीबार राति बीबीसीसँगको कुराकानीमा भने मन्त्री गडकरीले सो चर्चालाई केही सच्याएका छन् । उनले नदीको पानी रोक्ने कुरा सत्य भएपनि त्यसको हालै काश्मीरमा मारिएका भारतीय सुरक्षाकर्मीको प्रसंगसँग भने कुनै सम्बन्ध नभएको जनाएका छन् । 

मन्त्री गडकरीले यो भारतको दीर्घकालीन योजना भएको र यसको इन्दुज (सिन्धु) नदी सम्झौतासँग कुनै लेनादेना नरहेको बीबीसीसँगको कुराकानीमा बताएका छन् । भारतीय सञ्चार माध्यमहरुले शुरुमा पुलवामा आक्रमणपछि भारतले पाकिस्तान जाने तीन वटा नदीको पानी रोक्ने निर्णय गरेको जनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतले पछिल्लो समयमा काश्मीरमा केही दिन अघि भएको हत्यामा संलग्न समूहलाई पाकिस्तानले आश्रय दिएको भन्ने आरोप लगाउँदै आएको छ । यही कारणले दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण भइरहेको बेलामा भारतीय मन्त्रीको भनाईले दुई देशबीचमा मात्रै होइन विश्वभरी नै सनसनी मच्चिएको थियो । 

तर, मन्त्री गडकरीले यो निर्णयको पुलवामा आक्रमणसँग कुनै सम्बन्ध नभएको भनेर भारतीय सञ्चार माध्यममा आएका समाचारलाई नै सच्याउने प्रयास गरेका छन् । उनले बीबीसीसँगको कुराकानीमा इन्दुज नदी सन्धी कायम रहने समेत बताएका छन् । 

Global Ime bank

उनका अनुसार रबी, सतलज र ब्यास नदीको पानी बाँध बनाएर रोकिने छ । शाहपुर–काँडी बाँध बनाउने काम पुलवामा आक्रमण भन्दा पहिलादेखि नै भइरहेको छ । अब भारतको मन्त्रिपरिषद्ले थप दुईवटा बाँध बनाउने निर्णय गर्नेछ । 

बीबीसीसँग कुरा गर्नुभन्दा पहिला विहीबार एक कार्यक्रममा बोल्दै गडकरीले भनेका थिए,“भारत र पाकिस्तान विभाजित भएपछि तीन वटा नदी पाकिस्तान र अन्य तीन वटा नदी भारतको भागमा परेका थिए । यस्तो सम्झौता भएपनि भारतका नदीको पानी पाकिस्तान गइरहेको थियो । अब हामीले ती नदीको पानी तीन वटा परियोजनामा केन्द्रित गरेर यमुनामा फिर्ता ल्याउनेछौं ।”

इन्दुज जल सम्झौता अनुसार भारतले आफ्नो नदीको पानी पाकिस्तानलाई साझा गर्दै आइरहेको छ ।

के हो त्यो जल सम्झौता ?

सन् १९६० मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका तत्कालीन राष्ट्रपति अयूब खानले इन्दुज (सिन्धु) जल सम्झौता गरेका थिए । यो सम्झौता अनुसार सिन्धु नदीका सहायक नदीलाई पूर्वी र पश्चिमी नदीमा बाँडिएको थियो । सम्झौतामा सिन्धु, झेलम र चेनावको पानी पाकिस्तानलाई दिइएको थियो भने रबी, व्यास र सतलजको पानी भारतलाई दिने भनिएको थियो । त्यसमा यो पनि उल्लेख थियो कि भारतले आफ्नो नदीको पानीको केही अपवादलाई छोडेर बेरोकटोक प्रयोग गर्न सक्नेछ । 

यसैगरी पाकिस्तानको भागमा परेको नदीको पानी पनि भारतले लिन सक्ने सीमित अधिकार दिइएको थियो । जस्तो कि बिजुली उत्पादन गर्न वा कृषिको लागि सीमित पानी लिन सक्ने कुरा त्यसमा उल्लेख छ ।  पाकिस्तानले पछिल्लो समय ती नदीमा भारतले विद्युतका ठूला परियोजना सञ्चालन गर्दा आपत्ति जनाउँदै आएको छ । ४५० मेगावाट क्षमताको बगलिहार जलविद्युत् परियोजना भारत प्रशासित काश्मीरको चेनाव नदीमा सन् २००८मा पूरा गरिएको थियो । 

भारतकै काश्मीरमा सो जलविद्युत परियोजनाबाट स्थानीय राज्यलाई लाभ मिल्न नसकेको भन्ने गुनासो रहँदै आएको छ ।

जब भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा महबुबा मुफ्ती जम्मु –काश्मीरको मुख्यमन्त्री भइन् त्यतिबेला उनले सिन्धु जल सम्झौताले राज्यलाई २० हजार करोड रुपैयाँ नोक्सान भएको बताएकी थिइन् । साथै उनले केन्द्रसँग सो रकम चुक्ता गर्न माग गरेकी थिइन् । पाकिस्तानको पन्जाव र सिन्ध इलाकामा कृषिको लागि यही पानी जाने गरेको छ । 

पाकिस्तानको धेरैजसो क्षेत्रमा सिंचाईका लागि पनि त्यही पानी प्रयोग हुन्छ । पाकिस्तानका उद्योग तथा सहरको बिजुलीको लागि पनि त्यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्छ । सम्झौताअनुसार कसैले पनि एकतर्फी रुपमा यसलाई तोड्न पाइँदैन ।  तर, जानकारहरुको भनाइअनुसार भारत भियना सन्धीलाई टेकेर ‘ल अफ ट्रिटिज’ अन्तर्गत पाकिस्तानले उग्रवादीलाई आफनो विरुद्धमा प्रयोग गरेको भनेर सो सन्धीबाट पछि हट्न सक्छ । 

अन्तर्राष्ट्रिय न्यायालयले पनि यदि सम्झौता हुँदाको बखतको अवस्था परिवर्तन भएमा  कुनैपनि सम्झौतालाई रद्ध गर्न सकिने बताएको छ ।  तथापि यी सबै कुरा भने जस्तो सजिला भने छैनन् । पानीको बाँडफाँडपछि सिन्धु घाँटीबाट जाने नदीका बारेमा भएको विवादको मध्यस्थता भारत र पाकिस्तानबीच विश्व बैंकले गरेको थियो । 

त्यसैले भारतले यो सम्झौता तोडेको अवस्थामा पाकिस्तान सबैभन्दा पहिला विश्व बैंकसँग कुरा गर्न जाने सम्भावना हुन्छ ।  त्यसपछि विश्व बैंकले भारतलाई त्यस्तो नगर्न दबाब दिन सक्नेछ । यद्यपि सिन्धु नदी तिब्बतबाट शुरु हुन्छ । तर, चीनलाई यो सम्झौतामा सामेल गरिएको छैन । यदि चीनले नदी रोकिदियो वा बहाब बदल्यो भने भारत र पाकिस्तान दुवैलाई नोक्सान हुन सक्नेछ ।

भारतको परियोजना

बिहीबारको एक कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय मन्त्री गडकरीले यी नदीहरुमा हुने निर्माण राष्ट्रिय परियोजना अन्तर्गत हुने बताएका थिए । यसबारेमा ट्विट गर्दै गडकरीले भनेका छन्,“माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले यो तय गरेको छ कि भारत पाकिस्तानसँग नदीको पानी अब साझा गर्दैन । हामी पूर्वी नदीको प्रवाहलाई काश्मीर र पन्जाबतिर मोड्नेछौं ।” उनले ट्विटमा नै शाहपुरमा बाँध निर्माणको काम शुरु भइसकेको समेत उल्लेख गरेका छन् । 
(बीबीसीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC