site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
Ghorahi CementGhorahi Cement

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । 

सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्नेगरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो । 

Agni Group

बिहीबारको उक्त आदेशसँगै पुनरावेदन अदालतले पार्क डोङ–ह्यून र उनको परिवारका सम्बन्धमा नयाँ आदेश जारी गर्नेछ । अगस्ट २०१५ मा ४ वर्षका छोराको पौडी पोखरीका सञ्चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पार्कले चार लाख ४० हजार क्षतिपूर्ति माग गरेका थिए । 

परिवारका सदस्यहरुले आफ्नो बच्चाले ६५ वर्षसम्म काम गर्न सक्ने र त्यसबाट कमाई हुने रकमको अनुमान गरी क्षतिपूर्ति दाबी गरेका थिए । 

Global Ime bank

तल्लो अदालतले भने पौडी पोखरी सञ्चालकको पक्षमा आदेश दिएका थिए । अदालतले सर्वोच्च अदालतको सन् १९८९ को आदेशलाई नजिर मानेको थियो, जसमा अधिकतम कार्य उमेरलाई ५५ बाट ६० वर्ष कायम गरिएको थियो । 

लामो समयदेखि चलेको यस मुद्दामा सर्वोच्च अदालतले मुलुकको पछिल्लो परिस्थिति परिवर्तन भएको र कार्य उमेरको गणना वस्तुगत आधारमा गरिएको जनाएको छ । 

ओइसीडीको सन् २०१७ को प्रतिवेदन अनुसार कोरियालीको औसत आयू पुरुषको ७९.७ र महिलाको ८५.७ वर्ष रहेको छ । सरकारी र निजी कम्पनीमा अवकाश उमेर पनि ६० वर्ष पुर्याइएको छ । रासस/योनहाप 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC