site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोकस्टार’ किन ? विजेतालाई ५० लाख (प्रोमोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रोमो सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत् प्रोमो सार्वजनिक गरिएको हो । 

सार्वजनिक प्रोमोमा लोक गीतसंगीत नै नेपालको मौलिक पहिचान र चिनारी भएको उल्लेख गरिएको छ । प्रोमोमा शोका निर्णायकहरु, लोक गीतको विशेषता, महत्व, आवश्यकता र औचित्य झल्काउने स्क्रिनिङ हुन्छन् । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुने लोकस्टारको अडिसन लोकेशन पनि प्रोमोमा समेटिएको छ । सातवटै प्रदेशमा प्रतिभा ‘हन्ट’ गर्न लोकस्टारले अडिसन गर्दैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नं. ७ को धनगढी (कैलाली बहुमुखी क्याम्पस)मा फागुन १६ गते, प्रदेश नं. ६ को सुर्खेत (मध्यपश्चिमाञ्चल विश्वविद्यालय)मा फागुन २० गते, प्रदेश नं. ५ को वुटवल (एभरेष्ट सेकेण्डरी स्कुल)मा फागुन २५ गने अडिसन हुनेछ । यस्तै प्रदेश नं. ४ को पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा चैत २ गते, प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते अडिसन हुनेछ । 

आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले शो आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताए । “कार्यक्रम तयारीको अन्तिम चरणमा आइपुगेका छौं, यही फागुन १६ गतेबाट अडिसन सुरु हुँदैछ,” उनले भने । 

Global Ime bank

डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भइसकेको छ । नेपाल लोक स्टारको मोबाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए ।  “करिब २० हजारले फर्म भर्ने हामीले अनुमान गरेका छौँ,” अध्यक्ष कोइरालाले भने । 

अडिसन शुल्क एक हजार 
अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । “लोकगीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौँ,” कोइराला भन्छन्, “गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशुल्क सहभागी गराउने छौँ ।”

अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने छ । अडिसनका लागि दुई जना म्युजिक टिचर, १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले जनाले प्रि–अडिसनाट आएकाहरुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्नेछन्  ।

काठमाडौंमा हुने मेगा अडिसनबाट ७० देखि ११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । 

नेपाल लोक स्टार किन ?
चाहना मिडियाका कार्यक्रम प्रमुख सुरज गिरीले ‘नेपाल लोक स्टार’ स्रोता तथा दर्शक र लोक संस्कृतिबीचको पुलको काम गर्न आयोजना गर्न लागिएको बताए । “नेपालमा सयौं वर्षदेखि विविध लोक संस्कार र संस्कृति छ । तर यो लथालिङ्ग अवास्थामा रहेको छ,” कार्यक्रम प्रमुख गिरीले बाह्रखरीसँग भने, “यसलाई सुन्ने स्रोता र हेर्ने दर्शक पनि छन् । अहिले सबैले मन पराएका कुटुमा कुटु होस् अथावा सुर्के थैली लोक लयका गीत हुन् । यही हाम्रो लोक संस्कार र संस्कृतिबाट आएको लोक गीतसंगीतलाई व्यवस्थित गर्नुपर्छ भनेर हामी लोक स्टार आयोजना गर्दैछौं ।”

‘नेपाल लोक स्टार’का निर्णायक मध्यका एक जयनन्द लामाले सयौं ध्वनी र लवज भएको नेपालको पहिचान नै लोक गीतसंगीत भएकाले यस्ता कार्यक्रम आयोजना हुनुपर्ने बताए । “आफ्नो देशको संस्कार, संस्कृति र ध्वनीलाई बचाउन राज्यले नै पहल गर्नुपर्छ,” लामाले भने, “नेपाल लोक स्टारबाट कस्तो गीतसंगीत र प्रतिभा आउँछ भनेर अहिले नै भन्न त सकिँदैन । यस्तै खालका कार्यक्रमहरु पहिला पनि भएको भए अहिले अनुमान लगाउन सकिन्थ्यो होला तर पनि अहिले हामीले लोक गीतसंगीतको क्षेत्रमा यो कार्यक्रमले निकै ठूलो योगदान पुर्याउने अपेक्षा गरेका छौं ।”

निर्णायकमध्येकै एक गायिका सुनिता दुलालले गायन प्रतिभा भएर पनि उपयुक्त अवसर नपाइरहेका प्रतिभाहरुका लागि ‘नेपाल लोक स्टार’ उत्तम थलो हुने बताइन् । “‘एक्स्पोजर’को अभावमा आफ्नो कला कुष्ठित गरेर बसिरहनु भएकाहरुलाई ‘नेपाल लोक स्टार’ अवसरको ढोका खोल्न आउनेछ,” उनले भनिन्, “नेपालभर लुकेर बसेका प्रतिभा र लोक गीतसंगीतलाई यो कार्यक्रमले बाहिर ल्याउने छ ।”

विजेता छनोट विधि

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०–५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेतालाई ५० लाख, लागत खर्च साढे १५ करोड

चाहना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । 

‘नेपाल लोक स्टार’को लागत खर्च साढे १५ करोड हुने आयोजकको अनुमान छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC