site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन, विधान सर्वसम्मतको प्रयास
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेसम्म बस्न नसकेपछि कांग्रेसले बैठक स्थगित गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुन १२ गते बिहान ११ वजेका लागि बोलाइएको छ । 

महासमिति बैठकको समापन समारोहमा जनाएको प्रतिवद्धता कार्यान्वयनका लागि सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको बताइएको छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकको समापन समारोहमा जिल्ला सभापतिहरुले अघि सारेको माग सम्बोधन गरेर पार्टीको विधानलाई केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए । 

Agni Group

कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठकमा केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका लागि बुथ तहबाट निर्वाचित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एक पटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने गरी विधान संशोधन गरिनुपर्ने माग गरेका थिए । 

पछिल्लो समयमा आएर सभापति देउवा आफूले महासमिति बैठकमा जनाएको प्रतिवद्धताबाट पछि हटेका छन् भने वरिष्ठ नेता पौडेल प्रतिवद्धतालाई कार्यानवयन गरिनुपर्ने अडानमा उभिएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पदाधिकारी बैठकले महासमितिले पारित गरेका विभिन्न ५ वटा प्रस्तावहरुलाई सर्वसम्मतिले पारित गर्ने निर्णय गरेको र नेताहरुका बीचमा सहमति जुटाउन बैठक फागुन १२ गतेसम्मका लागि सारिएको जानकारी दिए । 

Global Ime bank

‘‘महासमितिमा सर्वसम्मतिले पारित गरेका विभिन्न ५ वटा प्रस्तावलाई अन्तिम रुप दिनका लागि केन्द्रीय कार्यसमितिभित्र छलफल चलिरहेको छ । छलफलका क्रममा फरक फरक मतहरु प्रस्तुत भइरहेका छन्,’’ बैठक स्थगित भएको बारेमा जानकारी दिँदै प्रवक्ता शर्माले भने, ‘‘आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्नुपूर्व बसेको पदाधिकारी बैठकले विधानलाई सर्वसम्मतिको प्रक्रियाबाट नै टुंग्याउनु उचित हुने ठहर गरेको छ । पदाधिकारी बैठकले सर्वसम्मतिका लागि थप समय केही दिन लिने निर्णय गरेकाले बैठक फागुन १२ गतेका लागि सारिएको छ ।’’ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC