site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल–बंगलादेश व्यापार सहज बनाउन जोड
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपालले र बंगलादेशबीचको व्यापारलाई पूर्ववत बनाउनुपर्ने प्रदेश १ का उद्योगी तथा व्यवसायीले जोड दिएका छन् । मोरङ व्यापार संघमा सावतीले विहीबार आयोजना गरेको नेपाल–बंगलादेश व्यापार अवसर र चुनौती विषयक अन्तरक्रियका कार्यक्रमका सहभागीले नेपालबाट बंगलादेशतर्फ हुने निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सरकारले चासो दिनुपर्ने बताए ।

उपभोग्य वस्तु आयात गर्दा भन्सार महशुल ३० प्रतिशत मात्र कायम राखेको तर बंगलादेशले आयात गर्दा ११० प्रतिशत कायम राखेको कारण नेपालबाट बंगलादेशतर्फको निर्यात लगभग ठप्प नै भएको मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले बताए । उनले भने, ‘‘त्यसलाई १५ प्रतिशतमा कायम गरिनु पर्छ ।’’ उनले बैंकिङ प्रक्रिया पनि छिटो छरितो नरहेको र मालसामान २ दिनमा पुग्ने तर बैंक डकुमेन्ट पुग्न ५ दिन लाग्ने गर्नाले समेत समस्या भएको बताए । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दुबै देशबीचको व्यापारलाई सहजीकरण गर्न सके नेपालले निर्यातजन्य कारोबारबाट धेरै नै लाभ लिन सक्ने बताए । भने, ‘‘नेपालको पक्षमा रहेको व्यापार घाटामा जानु दुःखद् हो तर यसलाई सुधार गर्ने अवसर भने अझै बाँकी छ । सरकारले चासो दिनुपर्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाण्डौँका सह–सचिव रविशंकर सैंजुले बंगलादेशसँगको व्यापारका कठिनाइ र वर्तमानमा देखा परेका चुनौतीलाई क्रमशः समाधान गर्ने सरकारको समेत तयारी रहेको बताए । भने, ‘‘समस्यालाई न्यूनीकरण गर्दै लैजाने तयारी भएको छ ।’’ उनले प्रदेश १ बाट निर्यातजन्य व्यापारको अधिक सम्भावना रहेको पनि चर्चा गरे ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले प्रदेश सरकारको नीति तथा कार्यक्रममै निर्यातजन्य व्यापारलाई बढावा दिने रहेको बताए । भने, ‘‘यहाँबाट हुने व्यापारालाई सहजीकरण गर्न प्रदेश सरकार पनि तयार छ ।’’ उनले संघीय सरकारसमेतको नीतिमा व्यापारलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

Global Ime bank

सहभागीले भौगोलिक रुपले नेपाल र बंगलादेश बीचको दूरी ४० किलो मिटर मात्र रहेको, नेपाल र बंगलादेशबीच सन् १९७६ को व्यापारिक, पारवहन र हवाई उडानको द्विपक्षीय सन्धी रहेको र दुबै मुलुक सार्क र विमस्टेकको सदस्य रहेकोले व्यापारमा थप सहज हुने बताएका थिए ।

नेपालले विगतमा गहुँ, पस्मिना, सागसब्जीका बीउ, मुसुरो जस्ता वस्तु अधिक निर्यात हुने गरेको बताए ।सन् २०१४ सम्म बंगलादेशसँग नेपालको व्यापार सन्तुलनमा रहेतापनि त्यसयता नेपालले एकतर्फि रुपमा ४ गुणासम्मको व्यापार घाटा व्यहोरिरहेको अवस्था छ ।  

बंगलादेशसँगको व्यापारिक समस्याहरु बढ्दै गर्दा ती समस्याहरुको समाधानका बंगलादेशसँग समन्वय गर्न सुझाव दिइएको थियो । कृषिजन्य वस्तु, फलफूल, हरियो तरकारी, दाल, नगदे वाली  एवं जडिबुटीको प्रवद्र्धन एवं विकास गर्न सकिने,पर्यटनको प्रवल सम्भावना, विराटनगरदेखि बंगलादेशसम्म हवाई उडान र रेल्वे सुविधा सिधै सुचारु गर्न सकिने,बंगलादेश मार्फत वे अफ वंगाल जलमार्ग उपयोग गर्न सकिने, विराटनगर शहरलाई बीबीआइएन करिडोर र  निकट भविष्यमा एसियन हाइवे क्रस रोड पर्ने भएकोले यसबाट फाइदा लिन सकिने,भुटानलाई जस्तै नेपाललाई पनि बंगलादेशले आफ्नो फेवरेवल स्पटको रुपमा कायम गर्न सक्नेतर्फ उद्योगीले ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं सावतीका अध्यक्ष डा. पोशराज पाण्डे, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, काठमाडौँका कार्यकारी निर्देशक शरद विक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष नरेन्द्रकुमार खड्का, विराट व्यापार संघका अध्यक्ष शिवप्रसाद रिजाल, नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार लोहिया, अर्थविदद्वय डा. पि.के झा र डा. अर्जुन बराललगायत सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC