site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील साझाले गर्‍यो मधेश मन्थन
Sarbottam CementSarbottam Cement

ललितपुर । विवेकशील साझा पार्टीले मधेशका विषयहरुमाथि विभिन्न वक्ताहरुद्वारा छलफल कार्यक्रमको आयोजान गरेको छ । बिहिबार ललितपुरस्थित पार्टीको कार्यालयमा आयोजित ‘मधेश मन्थन– १’ नामक कार्यक्रममा मधेशका विषयमा विभिन्न वक्ताहरुले आफ्ना धारणा राखे ।

सो अवसरमा संविधान र मधेशका विषयमा कृष्ण हाथेछुले आफ्नो धारणा राख्दै मधेशका बासिन्दाहरुलाई भारतीय मूलका भन्नुको साटो मधेशी मूलका नेपाली र पहाडी मूलका नेपाली भनिएको भए आज यस किसिमको दूरी नरहने विचार व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

मधेशको राजनीतिका विभिन्न आयामहरुका विषयमा अर्का वक्ता तुलानारायण साहले मधेशले गरेको राजनीति राज्यलाई करेक्सन गर्नका लागि भएको बताए । 

अर्का वक्ता लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले मधेशको राजनीतिमा विराट रिक्तता रहेकोले त्यो रिक्तता घटाउन लाग्नु पर्ने भनाइ राखे । कार्यक्रममा मधेशमा पहिचानको प्रश्न विषयमाथि डा.विजय मिश्रले बोलेका थिए भने पत्रकार वसन्त बस्नेत र सीएन थारुले पनि मधेशका विभिन्न विषय माथि आफ्ना विचार राखे ।

Global Ime bank

विवेकशील साझा पार्टीका केशव दाहालद्वारा सहजीकरण गरिएको मधेश मन्थनको दोस्रो चरणमा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायतले बोलेका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC