site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल रेडियसनले स्वास्थ्यका असर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हामीले बोक्ने मोबाइल फोनका गुणबारे धेरैलाई जानकारी छ । तर, यसबाट निस्किने रेडियसनले कति नोक्सान गर्छ भन्ने जानकारी सबैलाई नहुन सक्छ । रेडियो फ्रिक्वेन्सी वेभ ‘नन आओेनाइजेसन’ रेडिएसन हो, जो एक्सरे र ‘अल्ट्रावायरल’ रेडियसनको तुलनामा कम तेजिलो हुने गर्छ । एक्सरे र अल्ट्रावायरल रेडियसनले हाम्रो डिएनएमा भएको केमिकल ब्रान्डलाई टुक्र्याउने क्षमता राख्छ ।

अमेरिकन क्यान्सर सोसाइटीले यसखाले रेडियसनले दिमाग, टाउको र घाँटीको ट्युमर हुन्छ कि हुँदैन भन्ने अनुसन्धान जारी राखेको छ । सोसाइटीका अनुसार मोबाइल फोनबाट निक्लिने रेडियसनमा यति धेरै क्षमता हुँदैन कि जसले हाम्रो डिएनएमा परिवर्तन ल्याउन सकोस् । त्यसैले अहिलेसम्म मोबाइलको रेडियसनले कसरी क्यान्सरजस्ता बिरामी जन्माउन सक्छ भन्ने स्पष्ट छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कुन फोनले कति रेडियसन निकाल्छ भन्ने पत्ता लगाउन स्पेसिफिक एसएआर प्रविधि बनाइएको छ । यसबाट कुनखाले रेडियसनको असर मानव शरीरमा हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ । एसएआर त्यो लेभल हो, जुन हाम्रो मोबाइल सबैभन्दा बढी पावरमा प्रयोग भइरहेको हुन्छ ।

मोबाइल बनाउने कम्पनीले पनि यसबारे आफ्नो देशको नियामक निकायलाई जानकारी दिनुपर्ने हुन्छ । तर, मोबाइल प्रयोगकर्ताले मोबाइल किन्ने समयमा यी सबै विषयमा ध्यान दिएका हुँदैनन् । जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले एउटा सूची तयार गरेको छ, जसले कतिपय नयाँ र पुराना स्मार्ट फोनबाट निस्किने रेडियसनको जानकारी त्यसमा दिइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC