site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुपन्देहीलाई १ सय १६ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी  । महेन्द्रनगर युनाइटेडले धनगढी प्रिमिएर लिग क्रिकेटको एलिमिनेटरमा रुपन्देही च्यालेन्जर्सलाई १ सय १६ रनको लक्ष्य दिएको छ । 
क्वालिफायर्समा स्थान बनाउने लक्ष्यसहित टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित ओभरमा २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रन बनायो । महेन्द्रनगरका लागि कप्तान शरद भेषावाकरले २९ रन बनाए । एकपछि अर्को विकेट गुमाएर दबाबमा आएको महेन्द्रनगरको इनिङसलाई उकासेका शरदले ३८ बलमा २ चौका प्रहार गरे । 
अमरसिह रौटेलाले १९ रन जोड्दा जिदेशी खेलाडी आन्नदले २० तथा मोहम्मद नाभिदले १८ रन बनाए । आरीफ शेखले १२ तथा अभिनास बोहराले ११ रन जोडे  । रोहित पौडेल २ रनमा पेभेलियन फर्किँदा दिलिप नाथ र सिदान्त लोहनी र साहब आलमले खाता नै खोल्न सकेन् । 
रुपन्देही च्यालेन्जर्सका ललितसिह भण्डारीले ४ विकेट लिए । पुनित मेहराले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । एलिमिनेटरको बिजेता क्वालिफायर्समा प्रवेश गर्नेछ । विराटनगर किङ्स पराजित भएपछि लिगको चौथो स्थानमा रहँदै महेन्द्रनगर एलिमिनेटरमा पुगेको हो । रुपन्देही तेस्रो स्थानमा रहेको टोली हो । 
आजको विजेताले क्वालिफायर्समा काठमाडौंको गोल्डेनसँग खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर्समा काठमाडौं सिवाइसी अत्तरियासँग ४१ रनले पराजित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC